२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपाङ्गतामैत्री पुल निर्माण र सडक बत्ती जडान महानगरको प्राथमिकताः मेयर महर्जन



अ+ अ-

काठमाडौँ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले विकास निर्माणको हिसावमा ललितपुर महानगरपालिका पुलमय भएको बताउनुभएको छ ।

बिहीवार ललितपुर महानगरपालिका वडा नम्बर १४, २६ र २५ जोड्ने नख्खु खोलामा निर्मित पुल उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले महानगपालिकाले नगरवासीको सुविधालाई ध्यानमा राखेर आवश्यक स्थानमा पुल निर्माण गरिरहेको बताउनु भयो । उहाँले चक्रपथको कुसुन्ती क्षेत्रमा सडक पार गर्ने क्रममा ट्राफिक दुर्घटना परेर १६ जनाले ज्यान गुमाएको बताउनु भयो । उहाँले महानगरपालिका चक्रपथ क्षेत्रमा पुल र बत्तीको समस्याका कारण धेरै दुर्घटना हुने गरेको भन्दै उहाँले पुल निर्माण र सडक बत्ती जडान गरेर नगरवासीलाई सहजता प्रदान गर्न आफू लागि परेको बताउनु भयो । अपाङ्गतामैत्री पुल निर्माण आफ्नो प्राथमिकतामा रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ ललितपुर महानगरपालिकामा आइसकेपछि हाम्रो यहाँको विकस पुलमय भएको छ । अहिले तीन वटा पुल त उद्घाटन नै गरिसक्यौँ । अर्को पुलको सिलान्यास चाहीँँ उहाँ आउनुभएको अगाडि नै भएको हो । तर अब निकट भविष्यमै त्यो पुलेका पनि उद्घाटन हुन गइरहेको छ । कुसुन्तीमा अपाङ्गमैत्री पुल बनाइरहेका छौँ । त्यसमा चक्रपथ क्रस गर्न पुल बनाएको हौँ । हालसम्मको तथ्यांक हेर्ने हो भने त्यहाँ पुल नभएको कारणले १६ जना मान्छेहरु ट्रफिक दुर्घटनामा अकालमा मृत्युवरण गरिसकेको छ । तसर्थ, म मेयरलगायत जनप्रतिनिधिहरुको प्रखुख दायित्व भनेकै नजरवासीहरुलाई सानोतिनो घाउचोट पनि नलागोस् भन्ने नै हो । मान्छे मर्नु भनेको त अकल्पनीय कुरा हो । त्यहाँ थुप्रो मान्छेहरुले मृत्युवरण गरिसकेको कारणले त्यहाँ हामीले दुईटा कुराको व्यवस्थापन गर्न गइरहेका छौँ । एउटा अपाङ्गगतामैत्री पुल निर्माण गर्ने काम भयो । अर्को चाहिँ त्यहाँ बत्ती छैन, तर हामीले बत्ती राख्नका लागि सबै काम भइसकेको छ । ठेकेदार पनि मुबिलाइज भइसक्या छ र आउँदो दशैँसम्म बत्ती राख्छौँ भनेको छ ।’

मेयर महर्जनले रात्रीकालिन अवस्थामा हवाई जहाजबाट काठमाडौं उपत्यका छिर्ने बित्तिकै जुन शहर उज्यालो देखिन्छ त्यो ललितपुर महानगरपालिका हुनेगरी बत्ती राख्ने काम शुरु भएको बताउनु भयो ।