२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना ‘बर्डफ्लु’ पुष्टि भएपछि ३८ हजार कुखुरा नष्ट कांग्रेसको क्रियाशील सदस्यता चार लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम म्याग्दीको रघुगङ्गा गाउँ यस वर्ष हिन्दुकुश क्षेत्रमा कम मनसुनी वर्षा तर जोखिम यथावत् प्रधानमन्त्री शाहद्वारा भारतीय समकक्षीप्रति बधाई तथा शुभकामना व्यक्त काठमाडौँको कपन क्षेत्रमा भारी वर्षा अबको यात्रा विकास र समृद्धि नै होः सचेतक परियार किसानको पहुँचमा डिजिटल सेवा विस्तार गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिकटक बिक्री गरे चीनमाथिको कर घटाउन सक्ने ट्रम्पको संकेत



अ+ अ-

वासिङ्टन डिसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको मालिक बाइटडाइन्सलाई भिडियो एप बेच्न सहयोग गर्न चीनमाथिको कर घटाउन सकिने बताएका छन् ।

ट्रम्पले चिनियाँबाहेकको मालिक फेला पार्नका लागि दिइएको ५ अप्रिलको समयसीमा बढाउन पनि आफू तयार रहेको ट्रम्पले बताएका हुन् । गत जनवरीमा उनले पूर्वराष्ट्रपति जो बाइडेनले टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन लागू हुनबाट रोकेका थिए । सन् २०२४ मा पारित गरिएको कानुनले राष्ट्रिय सुरक्षाको आधार देखाउँदै टिकटकलाई बिक्री वा प्रतिबन्ध गर्नुपर्ने बताएको थियो ।

बुधबार पत्रकारहरूसँग कुराकानी गर्दै ट्रम्पले भने, ‘बिक्री पूरा गर्नका लागि सायद म करमा केही छुट दिनसक्छु ।’ ट्रम्पले अप्रिल ५ सम्म सम्झौताको प्रारम्भिक खाकामा केही सहमति हुन सक्ने आशा पनि व्यक्त गरे ।

टिकटक अमेरिकामा निकै लोकप्रिय रहेको छ । त्यहाँ १७ करोड प्रयोगकर्ता रहेका छन् । पहिलो कार्यकालमा टिकटकमाथि प्रतिबन्ध लगाउनुपर्ने माग गर्ने ट्रम्प अहिले आफै टिकटकमा छन् । उनका १.५ करोड फलोअर्सहरू रहेका छन् । राष्ट्रपतीय निर्वाचनका क्रममा उनले यस एपबाट करोडौँ भ्यूज प्राप्त गरेका थिए । बीबीसी