१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिकटक बिक्री गरे चीनमाथिको कर घटाउन सक्ने ट्रम्पको संकेत



अ+ अ-

वासिङ्टन डिसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको मालिक बाइटडाइन्सलाई भिडियो एप बेच्न सहयोग गर्न चीनमाथिको कर घटाउन सकिने बताएका छन् ।

ट्रम्पले चिनियाँबाहेकको मालिक फेला पार्नका लागि दिइएको ५ अप्रिलको समयसीमा बढाउन पनि आफू तयार रहेको ट्रम्पले बताएका हुन् । गत जनवरीमा उनले पूर्वराष्ट्रपति जो बाइडेनले टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन लागू हुनबाट रोकेका थिए । सन् २०२४ मा पारित गरिएको कानुनले राष्ट्रिय सुरक्षाको आधार देखाउँदै टिकटकलाई बिक्री वा प्रतिबन्ध गर्नुपर्ने बताएको थियो ।

बुधबार पत्रकारहरूसँग कुराकानी गर्दै ट्रम्पले भने, ‘बिक्री पूरा गर्नका लागि सायद म करमा केही छुट दिनसक्छु ।’ ट्रम्पले अप्रिल ५ सम्म सम्झौताको प्रारम्भिक खाकामा केही सहमति हुन सक्ने आशा पनि व्यक्त गरे ।

टिकटक अमेरिकामा निकै लोकप्रिय रहेको छ । त्यहाँ १७ करोड प्रयोगकर्ता रहेका छन् । पहिलो कार्यकालमा टिकटकमाथि प्रतिबन्ध लगाउनुपर्ने माग गर्ने ट्रम्प अहिले आफै टिकटकमा छन् । उनका १.५ करोड फलोअर्सहरू रहेका छन् । राष्ट्रपतीय निर्वाचनका क्रममा उनले यस एपबाट करोडौँ भ्यूज प्राप्त गरेका थिए । बीबीसी