२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिपक्षी दलहरुलाई प्रधानमन्त्रीको जवाफः एउटा हटायो, अर्को नियुक्ति भयो, सिद्धियो



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कानून बनाउन नदिनका लागि प्रतिपक्ष दलहरुले संसद अवरोध गरेको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा युवा संघको स्वयं सेवक भेला कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले देशमा शान्ति चाहिएको बताउँदै उपद्रो गर्ने छुट कसैलाई नरहेको बताउनु भयो । उहाँले सरकारले कर्मचारी निकालेको जवाफ संसदमा प्रधानमन्त्रीले नदिए संसद चल्न नदिने कुरा राम्रो नभएको भन्दै चित्त नबुझे अरु प्रक्रिया रहेको बताउनु भयो । उहाँले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्ति गर्नु नै आफ्नो जवाफ भएको बतउनु भयो । तपाईंहरुले भनेको मान्ने कर्मचारीहरु राखिदिनुपर्ने हो ?भन्दै प्रश्न गर्नुभयो । सरकारलाई असहयोग गर्ने, देशलाई अफ्ठ्यारोमा पार्ने कर्मचारी राखिदिनुपर्ने हो भन्ने उहाँको प्रश्न छ । देशलाई एक पाइला अघि बढ्न नदिने तत्वहरु अहिले बिरोध गरिरहेको उहाँको आरोप छ । १८ गते भित्र अध्यादेशलाई बिस्थापन गर्ने प्रतिष्थापन विधेयकहरु पारित हुनुपर्ने कुरा सबैलाई थाहा भएपनि कानून प्रमाणीकरण हुन नदिन यस्तो गरिएको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामीलाई शान्ति चाहिएको छ । देशमा हामी शान्ति चाहन्छौँ । दिनैपिच्छेका उपद्रो होइन । अनेक प्रकारका शक्तिहरु छन् । सरकारले एउटा कर्मचारी निकाल्यो अरे । ठूलो घाटा परेछ कसैलाई छाति पिटिपिट कन रोएका छन् । एउटा कर्मचारीलाई कारबाही ग¥यो अरे सरकारले । त्यसको विधि अर्को होला नि संसद बन्द गरेको छ । प्रधानमन्त्रीले आएर जवाफ दिनुप¥यो रे । जवाफ दिइसक्यो प्रधानमन्त्रीले । दिइसक्यो सिद्धियो नि त । कहाँ पाल्र्यामेण्टमा जवाफ दिने । थाहा पाइएन । एउटा हटायो, अर्को नियुक्त गर्यो । सिद्धियो । यसमा पनि फेरि मोर्चाबन्दी?वाह । कोको भन्नुहुन्छ, उहाँहरुले त्यो त्यो कर्मचारी केके भनेर चलाउनुहुन्छ, त्यसरी चलिदिने कर्मचारी राखिदिनुपर्ने ?सरकारलाई असहयोग गर्ने, देशलाई अफ्ठ्यारोमा पार्ने । कोको छन् त्यस्तो राखिदिनुपर्ने । अनुशासनहिनता, अराजकता, राष्ट्रिय घाटा, सबै सहनुपर्ने । उहाँहरु केके न इस्यु पायौँ भनेर बोकेर हिँड्ने । त्यो हामीले बुझेका छौँ । उहाँहरु देशलाई एक पाइला अघि बढ्न दिन चाहनु हुन्न । कानून पास गर्न नदिन कोशिस गरिरहनुभएको छ । त्यसका बिरुद्ध एउटा बहाना संसद अवरुद्ध गर्ने । सबैलाई थाहा छ, १८ गते भित्र अध्यादेशलाई बिस्थापन गर्ने प्रतिष्थापन विधेयकहरु पारित भएनन् भने कानून बन्दैन, फेरि अर्को विधेयकका रुपमा जानुपर्ला । त्यो हुन नदिन काम गर्न नदिनका लागि, विधेयक पास हुन नदिनका लागि यो सब खेल भइरहेको छ । हामीले बुझेका छौँ । सुकुम्वासी समस्या समाधान हुन नदिनका लागि, किसानका समस्या समाधान हुन नदिनका लागि सबै यो काम उहाँहरुले गरिरहनुभएको छ । हामीले बुझेका छौँ ।’

नेकपा (माओवादी केन्द्र) प्रति लक्षित गर्दै पार्टीको लागि ठूलो घाटा भएकाले छाती पिटीपिटी रोएको बताउनु भयो ।