२७ भाद्र २०८३, शनिबार
,
Latest
बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय विश्व शासनमा ग्लोवल साउथको भुमिका बढाउन ब्रिक्सले पहल गर्नुपर्छः मोदी कुनैपनि सरकारले गरेको राम्रो कामलाई राजनीतिकरण गर्नु हुँदैनः इन्द्र बानियाँ संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैनः नेपाल ‘राजनीतिक दल र नेताहरूको ‘दास मानसिकता’को कारण संघीयता कार्यान्वयन हुन सकेन’– सांसद शेर्पा युएईलाई हराउँदै नेपाललाई एसीसी प्रिमियर कपको उपाधि देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा म्याक्सवेलको नाममा लज्जास्पद रेकर्ड



अ+ अ-

एजेन्सी । आईपीएल अन्तर्गत पाँचौं खेल गुजरात टाइटन्स र पञ्जाब किंग्सबीच भयो । मंगलबार भएको यो खेल पञ्जाबले ११ रनले जित्यो ।

तर, पञ्जाबका ग्लेन म्याक्सवेललाई ठूलो झट्का लाग्यो । उनी खाता नखोली नै प्याभिलियन फर्किए । योसँगै उनले अनावश्यक कीर्तिमान आफ्नो नाममा बनाए ।

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलिएको उक्त खेलमा गुजरातले टस जितेर पन्जाबलाई पहिले ब्याटिङको निम्तो दिएको थियो ।

पञ्जाबका लागि पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका म्याक्सवेल खाता नखोलेर आउट भए । उनलाई साई किशोरले एलबीडब्ल्यू आउट गरेका थिए । योसँगै अस्ट्रेलियाका अलराउन्डरको नाममा लज्जास्पद कीर्तिमान दर्ता भएको छ ।

उनी आईपीएलमा सबैभन्दा धेरै पटक शून्य रनमा आउट हुने ब्याट्सम्यान बनेका छन् । उनी १९औं पटक आईपीएलमा खाता खोल्नै नसकेर आउट भएका हुन् ।

सबैभन्दा बढीपटक शून्य रनमा आउट हुने ब्याट्सम्यान
ग्लेन म्याक्सवेल – १९
रोहित शर्मा र दिनेश कार्तिक – १८
पियुष चावला – १७
सुनिल नारायण – १६