२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा म्याक्सवेलको नाममा लज्जास्पद रेकर्ड



अ+ अ-

एजेन्सी । आईपीएल अन्तर्गत पाँचौं खेल गुजरात टाइटन्स र पञ्जाब किंग्सबीच भयो । मंगलबार भएको यो खेल पञ्जाबले ११ रनले जित्यो ।

तर, पञ्जाबका ग्लेन म्याक्सवेललाई ठूलो झट्का लाग्यो । उनी खाता नखोली नै प्याभिलियन फर्किए । योसँगै उनले अनावश्यक कीर्तिमान आफ्नो नाममा बनाए ।

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलिएको उक्त खेलमा गुजरातले टस जितेर पन्जाबलाई पहिले ब्याटिङको निम्तो दिएको थियो ।

पञ्जाबका लागि पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका म्याक्सवेल खाता नखोलेर आउट भए । उनलाई साई किशोरले एलबीडब्ल्यू आउट गरेका थिए । योसँगै अस्ट्रेलियाका अलराउन्डरको नाममा लज्जास्पद कीर्तिमान दर्ता भएको छ ।

उनी आईपीएलमा सबैभन्दा धेरै पटक शून्य रनमा आउट हुने ब्याट्सम्यान बनेका छन् । उनी १९औं पटक आईपीएलमा खाता खोल्नै नसकेर आउट भएका हुन् ।

सबैभन्दा बढीपटक शून्य रनमा आउट हुने ब्याट्सम्यान
ग्लेन म्याक्सवेल – १९
रोहित शर्मा र दिनेश कार्तिक – १८
पियुष चावला – १७
सुनिल नारायण – १६