३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाको बैठक आधा घण्टापछि बस्ने गरी स्थगित



अ+ अ-

काठमाडौँ । प्रतिपक्षी दलहरूको विरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । सभामुख देवराज घिमिरेले आधा घण्टापछि बैठक बस्नेगरी स्थगित गरेका हुन् ।

सभामुख देवराज घिमिरेले सभा सुरु गर्ने वित्तिकै विपक्षी दलहरूले उठेर अवरोध गरेका थिए । त्यसपछि सभामुखले माओवादी सांसद शक्ति बस्नेतलाई बोल्न समय दिएका थिए ।

बस्नेतले सरकारले नेपाल विद्युत प्राधिकरणलाई विचौलियाको हातमा सुम्पिनको लागि कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेको आरोप लगाए ।

दुई तिहाइको सामर्थ्य राख्ने सरकारले एक राष्ट्र सेवकको मानमर्दन गरेको उनको भनाई छ । प्रधानमन्त्री केपी शर्मा ओलीले घिसिङलाई हटाएको कारण नदिएसम्म संसद् चल्न नसक्ने उनले बताए ।

बस्नेतले आफ्नो भनाई राखेपछि सभामुखले सभा अगाडि बढाउदै गर्दा प्रतिपक्ष दलहरुले विरोध गरिरहे सभा अगाडि बढाउन पटक पटक आग्रह गर्दा पनि उनीहरुले अवरोध गरिरहेपछि सभामुखले बैठक आधा घण्टापछि बस्ने गरी स्थगित गरेका हुन् ।