१४ चैत्र २०८१, बिहीबार
March 27, 2025 Thursday

29.13°C

काठमाडौं

29.13°C

Kathmandu

Feels-like: 27.46

Wind: 4.63

Humidity: 14

Latest
संयुक्त जनआन्दोलनको जनकमाण्डरको जिम्मेवारी दुर्गा प्रसाईंले पाए दुलेगौँडा-हर्कपुर सडक स्तरोन्नति गरिँदै आईपीएल आजः हैदराबादलाई लखनउको चुनौति नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ: प्रधानमन्त्री प्रचारबाजी गरेर स्थापित हुन खोज्ने कर्मचारीलाई सरकारले लगाम लगाउँछः मन्त्री खड्का प्रतिनिधिसभा बैठक दुई बजेसम्मका लागि स्थगित अफगानिस्तानमा ४० प्राचीन स्मारकहरू पुनःस्थापित राष्ट्रिय सभामा विपक्षीको अवरोधपछि एक घण्टाका लागि बैठक स्थगित उत्तर कोरियाले थप तीन हजार सैनिक रूस पठाउने पीडित केन्द्रित भएर शान्ति प्रक्रिया टुंग्याउन सरकार दत्तचित्त भएर लागेको छः प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओहोदाको प्रमाणपत्र पस्तुत



अ+ अ-

काठमाडौँ। श्रीलङ्काका लागि नेपालका राजदूत पूर्णबहादुर नेपालीले त्यहाँका राष्ट्रपति अनुराकुमारा दिसानायकेसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयमा सोमबार आयोजित विशेष समारोहमा राजदूत नेपालीले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको कोलोम्बोस्थित नेपाली राजदूतावासले आज जनाएको छ ।

त्यस अवसरमा राजदूत नेपालीले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट श्रीलङ्काली राष्ट्रपतिको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका जनताको निरन्तर शान्ति एवं प्रगतिको कामना गर्नुभएको थियो ।

राजदूत नेपालीलाई स्वागत गर्दै राष्ट्रपति दिसानायकेले राष्ट्रपति पौडेलको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै नेपाली जनताको शान्ति एवं समृद्धिको कामना गर्नुभएको थियो । त्यस अवसरमा श्रीलङ्काका विदेशमन्त्री, राष्ट्रपति कार्यालयका सचिव, राजदूतकी धर्मपत्नी, राष्ट्रपतिको कार्यालय र विदेश मन्त्रालयका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो ।रासस