३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक करोड बराबरको अवैध सामान बरामद



अ+ अ-

 झापा। झापाको मेचीनगर नगरपालिका–६ बाट आज दिउँसो करिब रू एक करोड बराबरको अवैध सामान बरामद गरिएको छ ।

मेचीनगर–६ झुल्केघाम टोलस्थित मदन पोखरेल र उत्तम ठकुरीको घरबाट करिब रू एक करोड बराबरको अवैध कपडा र मोटरपार्टस् बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वाटर झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीले जानकारी दिनुभयो ।

विषेश सूचनाको आधारमा सोही हेडक्वाटरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक मदनकुमार रसाइलीको कमाण्ड तथा राजस्व अनुसन्धान कार्यालय इटहरीबाट खटिएको अनुसन्धान अधिकृत विधुर गौतमसहितको टोलीले उक्त सामान बरामद गरेको हो ।

पोखरेलको घरबाट ३९ बोरा र ठकुरीको घरबाट २० बोरा सामान बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक भण्डारीले बताउनुभयो ।रासस