१० बैशाख २०८२, बुधबार
,
Latest
राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र र प्रसाईंलाई हिरासतमा राख्न प्रहरीले थप २० दिन समय मागेकोमा अदालतले… बाढीपहिरोले क्षति गरेको सात महिनापछि आयो पुनः निर्माणको बजेट कांग्रेसले यातायात व्यवसायीको समस्या समाधान गर्छ : कार्यवाहक सभापति श्रीमतीको हत्या गरी फरार तामाङ पक्राउ रंगशालामा रोबर्टो कार्लोस फोटो फिचर सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने ‘समवेदना’ सुनाएरै चर्चित ७३ वर्षीय शिरो सान्दाइ उपप्रधानमन्त्री सिंह र युएईका उपप्रधानमन्त्री नाहयानबीच भेटवार्ता २५ लाख लागतमा मलामी विश्राम घर निर्माण “राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक करोड बराबरको अवैध सामान बरामद



अ+ अ-

 झापा। झापाको मेचीनगर नगरपालिका–६ बाट आज दिउँसो करिब रू एक करोड बराबरको अवैध सामान बरामद गरिएको छ ।

मेचीनगर–६ झुल्केघाम टोलस्थित मदन पोखरेल र उत्तम ठकुरीको घरबाट करिब रू एक करोड बराबरको अवैध कपडा र मोटरपार्टस् बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वाटर झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीले जानकारी दिनुभयो ।

विषेश सूचनाको आधारमा सोही हेडक्वाटरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक मदनकुमार रसाइलीको कमाण्ड तथा राजस्व अनुसन्धान कार्यालय इटहरीबाट खटिएको अनुसन्धान अधिकृत विधुर गौतमसहितको टोलीले उक्त सामान बरामद गरेको हो ।

पोखरेलको घरबाट ३९ बोरा र ठकुरीको घरबाट २० बोरा सामान बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक भण्डारीले बताउनुभयो ।रासस