१३ चैत्र २०८१, बुधबार
March 26, 2025 Wednesday

23.27°C

काठमाडौं

23.27°C

Kathmandu

Feels-like: 22.28

Wind: 4.12

Humidity: 24

Latest
सरकारको निर्णयविरुद्ध कुलमान सर्वोच्चमा मुस्ताङ अदालतमा ६७ प्रतिशत मुद्दा फर्छ्योट राजावादीहरुले शहरी विद्रोहबाट सत्ता कब्जा गर्ने सपना देखेः महासचिव पोखरेल प्रधानमन्त्रीको प्रश्नः नयाँ राजनीतिक दलहरु क्रान्ति गर्छु भनेर उपद्रो मच्चाएकाहरुको पछि किन लाग्नुहुन्छ ? समाजवादी मोर्चाको बैठक जारी एन्फाको वार्षिक बजेट डेढ अर्ब प्रतिपक्षीलाई प्रधानमन्त्रीको चेतावनीः प्रधानमन्त्रीका सम्बन्धमा जथाभावी नबोल्नूस् प्रतिपक्षी दलहरुलाई प्रधानमन्त्रीको जवाफः एउटा हटायो, अर्को नियुक्ति भयो, सिद्धियो ४७ वर्ष जेलमा बसेका वृद्ध निर्दोष ठहर, २० करोड क्षतिपूर्ति कुलमानलाई पदमुक्त गरेको विषयमा प्रधानमन्त्रीको जवाफ माग्नु प्रतिपक्षको गैरराजनीतिक र असंसदीय मागः एमाले प्रमुख सचेतक…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नरैनापुरमा १७ घरगोठ जलेर नष्ट



अ+ अ-

बाँके। बाँकेको नरैनापुर गाउँपालिकामा आज दिउँसो भएको आगलागीमा १७ घरगोठ जलेर नष्ट भएका छन् ।

गाउँपालिका–४ जयरामपूर्वामा भएको आगलागीबाट १७ घरगोठ जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक यामबहादुर मल्लले जानकारी दिनुभयो ।

स्थानीय जुमाई खाँको घरबाट लागेको आगो नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाका दुई दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

खरले छाएका र एक आपसमा जोडिएका घरगोठमा लागेको आगो करिब डेढ घण्टापछि नियन्त्रणमा आएको प्रहरी निरीक्षक मल्लले बताउनुभयो । क्षतिको विवरण सङ्कलन भइरहेको उहाँले बताउनुभयो ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह, प्रमुख प्रशासकीय अधिकृत नवराज वलीलगायतको टोली घटनास्थलमा पुगेर आगलागी पीडितलाई राहत दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

विभिन्न निकायसँगको समन्वयमा आगलागी पीडितका लागि त्रिपाल र खानाको व्यवस्था गर्ने काम भइरहेको र जिल्ला विपद् व्यवस्थापन समितिलाई थप राहतको व्यवस्था गर्न माग गरिएको अध्यक्ष शाहले बताउनुभयो । उहाँले हावाहुरीको मौसममा आगलागीको सम्भावना अत्यधिक रहेकाले सचेत रहन आग्रह गर्नुभयो । रासस