१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४९८ अझै सम्पर्कविहीन चीनबाट ५० टन राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम कृष्णभीरमा पृथ्वी राजमार्ग भासिएपछि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा रोकियो चीनले भन्यो– केरुङमा कठिन भौगोलिक अवस्था र लेदोका कारण उद्धार कार्यमा चुनौती इरान र अमेरिकाबीचको तनाव कम गर्दै वार्तामा फर्कन इजिप्ट र कुवेतको आग्रह बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुको उद्धार गर्न निःशुल्क यातायात सेवा काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेडिकेटेड र ट्रंकलाइन वक्यौताको समाधान निष्पक्ष रुपमा गर्नेछुः हितेन्द्रदेव शाक्य



अ+ अ-

काठमाडौं । हितेन्द्रदेव शाक्यले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको कार्यभार सम्हाल्नुभएको छ ।

सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्यलाई नियुक्त गरेको थियो । सरकारको निर्णयसँगै मंगलवार साँझ शाक्यले कार्यकारी निर्देशकको कार्यभार सम्हाल्नुभएको हो ।

कार्यभार सम्हाल्दै उहाँले सरकारले पुनः नियुक्ति गरेसँगै आफूले न्याय पाएको महशुस भएको बताउनु भयो । उहाँले आफ्नो अनुभव र दक्षतालाई अब पुनः शुरु गर्ने बताउनु भयो । उहाँले विद्युतको क्षेत्रमा अहिले केही ठूला चुनौतिहरु रहेको भन्दै बाहिर सबै ठिक रहेको देखिएपनि भित्र धेरै समस्या रहेको बताउनु भयो । यसलाई सबै मिलेर समूहको रुपमा समाधान गर्ने बताउनु भयो । व्यक्ति भन्दा पनि संस्थालाई प्राथमिकता दिएर समाधान गर्ने जिकिर गर्नुभयो । लोडसेडिङको कुरा हल्ला मात्रै भएको र हुन नदिने प्रतिवद्धता जनाउनु भयो । उद्योगधन्दामा भइरहेको लोडसेडिङ कम गर्ने बताउनु भयो ।

उहाँले प्रक्रियागत कुराबाट डेडिकेटेड र ट्रंकलाइन वक्यौताको समाधान प्राविधिक रुपबाट गर्ने र निष्पक्षताका साथ काम गर्ने प्रतिवद्धता जनाउनु भयो । —न्युज एजेन्सी नेपाल