३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

वीर अस्पतालमा स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण सुरु : पहिलो दिन ४३ जनाको परीक्षण

वीर अस्पतालमा स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण सुरु : पहिलो दिन ४३ जनाको परीक्षण
अ+ अ-

काठमाडौँ । वीर अस्पतालमा आजदेखि महिलाहरुको स्तन, पाठेघर र पाठेघरको मुखमा हुने क्यान्सरको नि:शुल्क परीक्षण र प्रारम्भिक उपचार सुरु भएको छ । स्वास्थ्य मन्त्री प्रदीप पौडेल, महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. भुपेन्द्र बस्नेतले विरामीहरुलाई परीक्षण कार्ड प्रदान गर्दै परीक्षण शुभारम्भ गर्नुभएको हो ।

त्यस अवसरमा मन्त्री पौडेल, उपप्रमुख डंगोल र उपकुलपति बस्नेतको रोहवरमा महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख दिपक के. सी. र अस्पतालको अङ्कोलोजी विभागका प्रमुख प्रा. डा. विवेक आचार्यले परीक्षण सम्बन्धी सम्झौता पत्र आदानप्रदान गर्नुभयो । आज सुरु भएको परीक्षण र प्रारम्भिक उपचार २०८२ बैशाख १२ गतेसम्म सञ्चालन हुनेछ । गएको वर्ष गरिएको परीक्षणका क्रममा छुट हुनु भएका ३० वर्षदेखि ६० वर्ष उमेर समूहका महिला गएको वर्ष परीक्षण गर्दा पोजेटिभ देखिनुभएका महिलाहरु परीक्षण र प्रारम्भिक उपचारको लक्षित समूह हुनुहुन्छ ।

 

कार्यक्रम शुभारम्भ गर्दै मन्त्री पौडेलले, देशभरि लागू गर्नु पर्ने कार्यक्रम काठमाडौँ महानगरपालिकाले सुरु गरेकोमा आभार प्रकट गर्नुभयो । ‘नागरिकसँग सरोकार हुने सबै खालका कार्यक्रम स्थानीय तहबाट सञ्चालन हुनुपर्छ । यस्ता कार्यक्रम अहिले पनि संघ सरकारले सञ्चालन गरिरहेको छ । यसलाई स्थानीय तहमा पठाउनुपर्छ ।’ उहाँले भन्नुभयो, ‘को कुन अवस्थामा बसेको छ भन्ने जानकारी स्थानीय तहका जनप्रतिनिधिलाई जत्तिको सूचना अरु जनप्रतिनिधिलाई हुँदैन । यसकारण स्थानीय तहबाट कार्यान्वयन हुने कार्यक्रम प्रभावकारी हुन्छन् ।’

क्यान्सर व्यक्ति, परिवार र समाज आर्थिक, सामाजिक अवस्थासँग जोडिएको बताउँदै महानगरपालिकाका उपप्रमुख डंगोलले, व्यक्तिमा क्यान्सर हुनुले यी सबै क्षेत्रमा नकारात्मक पार्ने बताउनुभयो । ‘व्यक्तिमा रोगको लक्षण नदेखुउञ्जेल परीक्षण गराउने गरेको पाइँदैन । यसले गर्दा क्यान्सर जटिल अवस्थामा पुगेपछि मात्र थाहा हुन्छ । यसबाट जीवन बचाउन कठिन हुन सक्छ । तर, समयमै लक्षण थाहा पाएर उपचार गर्न सकियो भने जीवन बचाउन सकिन्छ । यसैका लागि परीक्षण कार्यक्रम थालिएको हो ।’ उहाँले भन्नुभयो, ‘वीर अस्पताल सबैको पहुँचमा छ । धेरैले देखेको अस्पताल हो । यसकारण सरकार सरकारको सहकार्यमा रोग पहिचान र उपचारका लागि सहकार्य गरेका हौँ ।’

क्यान्सरको सम्भावना समयमा थाहा पाउन सकियो भने व्यक्तिलाई बचाउन सकिन्छ । महानगरपालिकासँगको सहकार्यमा यो महत्वपूर्ण अभियान थालिएको छ । प्रतिष्ठानका उपकुलपति बस्नेतले सहकार्यका विषयमा प्रतिक्रिया दिनुभयो । कार्यक्रममा अस्पतालका निर्देशक प्रा. डा. दिलिप शर्मा र अङ्कोलोजी विभागका प्रमुख डा. विवेक आचार्यले, क्यान्सर नसर्ने रोगको पहिलो समस्या भएको उल्लेख गर्दै यसको नियन्त्रणका लागि महत्वपूर्ण काम थालिएको धारणा राख्नुभयो ।

कार्यक्रमका फोकल पर्सन चन्द्रा भट्टका अनुसार आज ४३ जनाको स्वास्थ्य परीक्षण भएको छ । जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठका अनुसार स्वास्थ्य प्रवर्धन केन्द्रबाट अहिलेसम्म १३७ जनाले रिफरल स्लिप लिनुभएको छ । उहाँहरुमध्ये काठमाडौँ महानगरपालिका बाहिर स्थायी ठेगाना हुनुभएका ५० जना हुनुहुन्छ । ११ जना परीक्षणका लागि काठमाडौँ बाहिरबाट आउनुभएको हो ।

परीक्षणमा जानुअघि आफू नजिकैको स्वास्थ्य प्रवर्धन केन्द्रमा गएर विवरण टिपाउनुपर्छ । यसरी विवरण टिपाएपछि केन्द्रबाट रेफरल स्लिप प्राप्त हुन्छ । यो स्लिप लिएर परीक्षणका लागि वीर अस्पताल सर्जिकल भवनको भुइँ तलामा जानुपर्छ ।

परीक्षणका क्रममा महिलाको स्तनको क्लिनिकल जाँच हुन्छ । प्रारम्भिक जाँचका क्रममा शंका लागेमा अल्ट्रासाउन्ड गरिन्छ । यसपछि मेमोग्राफीका लागि पठाइन्छ । पाठेघरको मुखको क्यान्सर परीक्षणमा एचपिभी डीएनए पिसिआर (ह्युमन प्यापोलिमा भाइरस) परीक्षण हुन्छ । यसबाट पोजेटिभ रिपोर्ट आयो भने कल्पोस्कोपी र बायोप्सी गरिन्छ ।

यो शिविर महानगरपालिकाको दोस्रो संस्करण हो । पहिलो संस्करण २०८१ वैशाख ३ गते सुरु भएर त्यस महिनाभरि वडाहरुमा चलाइएको थियो । त्यस परीक्षणले क्यान्सरसँगै धेरै महिलाहरुमा प्रजनन स्वास्थ्यसँग सम्बन्धित समस्याहरु देखाएको छ । त्यस बेलाको शिविरमा ८ हजार १४५ जना महिलाहरुले जाँच गराउनुभएको थियो । जसमध्ये शंका लागेका ६ हजार ६२४ जना महिलाको पाठेघरको मुखको क्यान्सर पहिचानका लागि एचपिभी डिएनए परीक्षण गरिएको थियो । उहाँहरुमध्ये ४५३ जनामा एचपिभी पोजेटिभ देखियो । पोजेटिभ देखिएका सबैलाई कल्पोस्कोपी गर्न बोलाइएकोमा ३२८ सम्पर्कमा आएर परीक्षण गराउनुभयो । त्यसपछि ३२८ जनाको वायोप्सी गरियो । यसरी वायोप्सी गरिएकामध्ये १२१ जनाको रिपोर्ट सामान्य आयो । १६१ जनामा सिआइएन वान, २४ जनामा सिआइएन टु र १४ जनामा सिआइएन थ्री देखियो । ३ जनामा भने क्यान्सर भइसकेको देखिएकोले थप उपचारका लागि पठाइयो ।

क्यान्सरबाहेक प्रजनन स्वास्थ्य समस्यामा पाठेघरमा मासु पलाएको, सेतो गनाउने पानी बग्ने, पाठेघरको मुखको संक्रमण, पाठेघरको मुखमा मासु पलाएको तथा यौनजन्य रोगहरु देखिएका थिए ।

८ हजार १४५ जनामा गरिएको स्तन क्यान्सर परीक्षणमा १ जनामा व्रेष्ट कार्सिनोमा पत्ता लाग्यो । त्यस क्रममा शंका लागेका ३१८ जनाको भिडियो एक्सरे गरिएको थियो । मेमोग्रामका लागि २८ जनालाई १५ जनालाई माइक्रोस्कोपिक परीक्षणका लागि शिफारिस गरिएको थियो ।

महानगरपालिकाका मेडिकल अधिकृत डा. दिवश न्यौपानेका अनुसार सिआइएन अर्थात् सर्भाइकल इन्ट्रापेथिलियल नियोप्लासिया क्यान्सरको प्रारम्भिक अवस्था हो । यो अवस्थाका ३ वटा तह (ग्रेड) हुन्छन् । पहिलो तहलाई सिआइएन वान, दोस्रोलाई सिआएएन टु र तेस्रोलाई सिआइएन थ्री भनिन्छ ।
ह्युमन प्यापोलिमा भाइरस (एचपिभी) ५ बर्षदेखि १० बर्षसम्म रहिरह्यो भने पाठेघरको मुखमा क्यान्सरको जोखिम रहन्छ । ३० बर्षदेखि ६० बर्ष समूहका महिलाले हरेक ५ बर्षमा एकपटक यसको परीक्षण गराउनु पर्ने डा. न्यौपानेको सुझाव छ ।

१ जनाभन्दा धेरै पुरुषसँग यौन सम्पर्क भएका, १६ बर्षभन्दा कम उमेरमा यौन सम्पर्क भएका, महिनावारी भएको पहिलो वर्षभित्रै यौन सम्पर्कमा भएका, एचआइभी जस्ता यौनजन्य संक्रमण भएका, ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) देखिएका, धुमपान गर्ने, प्रतिरक्षा प्रणाली कमजोर भएका, धेरैपटक गर्भवती भएका, कहिल्यै जाँच नगराएका महिलाहरुलाई पाठेघरको मुखको क्यान्सर हुने जोखिम धेरै हुन्छ ।