१३ चैत्र २०८१, बुधबार
March 26, 2025 Wednesday

18.87°C

काठमाडौं

18.87°C

Kathmandu

Feels-like: 17.57

Wind: 4.63

Humidity: 29

Latest
सरकारको निर्णयविरुद्ध कुलमान सर्वोच्चमा मुस्ताङ अदालतमा ६७ प्रतिशत मुद्दा फर्छ्योट राजावादीहरुले शहरी विद्रोहबाट सत्ता कब्जा गर्ने सपना देखेः महासचिव पोखरेल प्रधानमन्त्रीको प्रश्नः नयाँ राजनीतिक दलहरु क्रान्ति गर्छु भनेर उपद्रो मच्चाएकाहरुको पछि किन लाग्नुहुन्छ ? समाजवादी मोर्चाको बैठक जारी एन्फाको वार्षिक बजेट डेढ अर्ब प्रतिपक्षीलाई प्रधानमन्त्रीको चेतावनीः प्रधानमन्त्रीका सम्बन्धमा जथाभावी नबोल्नूस् प्रतिपक्षी दलहरुलाई प्रधानमन्त्रीको जवाफः एउटा हटायो, अर्को नियुक्ति भयो, सिद्धियो ४७ वर्ष जेलमा बसेका वृद्ध निर्दोष ठहर, २० करोड क्षतिपूर्ति कुलमानलाई पदमुक्त गरेको विषयमा प्रधानमन्त्रीको जवाफ माग्नु प्रतिपक्षको गैरराजनीतिक र असंसदीय मागः एमाले प्रमुख सचेतक…
तपाईं के खोज्दै हुनुहुन्छ ?

यातायात मन्त्री दाहालसँग जापानी राजदूतको शिष्टाचार भेट



अ+ अ-

काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसँग नेपालका लागि जापानी राजदूत मायदा तोरुले  शिष्टाचार भेट गर्नुभएको छ ।

आज मन्त्रालयमा भएको भेटमा उहाँहरूबीच द्विपक्षीय चासो र हितका विषयमा छलफल भएको मन्त्री दाहालको सचिवालयले जनाएको छ । भेटमा मन्त्री दाहालले राजदूत तोरुलाई नेपालको राजदूतको कार्यभार सम्हाल्नु भएकामा बधाई ज्ञापन गर्नुभएको थियो ।

सो अवसरमा दुवै मुलुकबाट विगतमा भएका उच्चस्तरका भ्रमणहरूको स्मरण गरिनुका साथै आपसी सहयोगका विषयमा छलफल भएको थियो । रासस