६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिललाई पहाड बनाउने काम हुँदैछ, केही अर्थ छैनः प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको हितको लागि इमान्दारितका साथ काम गरिरहेको बताउनुभएको छ ।

मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वउपप्रधानमन्त्री सुजता कोईरालाद्वारा लिखित पुस्तक म र मेरो सानोबुबा आत्मकथाको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपाल विद्युुत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएको विषयप्रति लक्षित गर्दै तिललाई पहाड बनाउने काम भइरहेको बताउनु भयो । उहाँले इस्यु पायौँ भन्ने हिसावले केही समूहरुहरुले बिरोध शुरु गरिसकेको बताउनु भयो । आफूले आइडोलोजी नभइ देशप्रतिको निष्ठा हेर्ने गरेको र देश सबैको साझा भएको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘मैले आइडोलोजी त्यति धेरै हेर्दिन, देशप्रतिको निष्ठा हेर्दछु । आइडोलोजी आफ्नो आफ्नो हुनसक्छन् । देश साझा हो । तरिका सोचहरु फरक फरक हुनसक्छन् तर गन्तव्य एउटै हो देश । देश कसरी बनाउने भन्नेकुरा हो । ससाना कुराहरु । तिलको पहाड बनाएका छन् । पहिला पहिला तिलका तहाड बनायो भन्थे । तिललाई नै पहाड बनाउने चलन छ । त्यसैलाई समातेर खुब हल्लाखल्ला गर्ने चलन छ । अहिले पनि केही सानो एउटा त्यान्द्रो विषय पाएका जस्तो लाग्यो केही मानिसलाई उफ्रिरहेका छन्, कुदिरहेका छन् । के पायाँै के पायौँ, इस्यु भेटियो भनेर हिजैदेखि वक्तव्यबाजी शुरु भएको । यही त्यान्द्रो हो । यही डोरीलाई नाग बनाउनुपर्छ भनेर कुदेका छन् । कोही के भनेर कुदेका छन् । केही अर्थ छैन । हामीले देश र जनताको हितको लागि काम गर्नुपर्छ, इमान्दारिताका साथ ।’

प्रधानमन्त्री ओलीले नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा रहेको व्यक्तिलाई सरुवा गरेर अवकाश प्राप्त भइसकेको व्यक्तिलाई नियुक्त गरेको होइन ? भन्दै प्रश्न गर्नुभयो । उहाँले पहिलो ४ वर्षमा कति उज्यालो आएको थियो र पछिल्लो पटक नियुक्ति गर्नेबित्तिकै उज्यालो आएको हो ? भन्दै प्रश्न गर्नुभयो । वर्षौं लगाएर गरेको मेहनतलाई जादु र चमत्कार भनेर प्रचार नगर्न पनि चेतावनी दिनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘एक जना मित्रको मैले स्टाटस पढेको थिएँ । त्यहाँबाट अवकाश प्राप्त भइसकेको मान्छेलाई त्यहीँबाट हुर्किएर आएर त्यहीँ कुनै बाहिरबाट खोजेर ल्याएको होइन, त्यहीँको क्याडरलाई नियुक्त दिएको हो, बाहिरबाट कतैबाट खोजेर ल्याएर होइन । त्यस्तो मान्छे निस्काषन गर्नुभयो । अर्को ठाउँमा निकम्भा बनाएर सरुवा भनेर राखिदिनु भयो । रिटायर्ड मान्छेलाई ल्याएर राखिदिनु भयो । उहाँले उज्यालो ल्याउनुभयो भनेर व्याख्या गर्नुभएछ । अघिल्लो ४ वर्षको कार्यकाल पूरै त्यहीँ काम गर्नुभएको हो । त्यसबेला ल्याउनुभएको थियो की उहाँले नियुक्त गर्नेबित्तिकै आगो बोकेर आउनुभयो, बिजुली, चिम, ट्रान्समिसन लाइन बोकेर आउनुभयो की ? वर्षौं लगाएर जे काम गरिएको हुन्छ, त्यसलाई जादु, चमत्कारको रुपमा व्याख्या गर्ने । कोही पनि साथीहरुलाई यस्ता कुराको भ्रममा नपर्न आग्रह गर्न चाहन्छु । ’

प्रधानमन्त्री ओलीले पूर्वराजा शाहप्रति लक्षित गर्दै उहाँले एउटा व्यक्तिलाई मानेर, एउटा संस्था र एउटा व्यक्तिका खानदानलाई मानेर हिँड्ने सामन्ती चिन्तनमा अबको युग जान नसक्ने जिकिर गर्नुभयो । लोकतन्त्र दुनियाँको सबैभन्दा राम्रो प्रणाली भएको दाबी गर्दै अझै यसलाई परिष्कृत गर्दै अघि बढाउने बताउनु भयो ।