२० चैत्र २०८१, बुधबार
April 2, 2025 Wednesday
Latest
पूर्वराजा शाहमा संवेदनशीलता देखिएनः विश्वप्रकाश शर्मा विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौंमा शिक्षकहरुको प्रदर्शन रास्वपाले चितवनबाट ‘जनयात्रा’ को शुभारम्भ गर्दै ऊर्जामन्त्री खड्कासँग नेपालका लागि रसियाका राजदूतको शिष्टाचार भेट महिला निर्देशकको द्वन्द्व प्रधान चलचित्र ‘पीताम्बर’ रवीन्द्र र धवलसहित ४१ जनालाई म्याद थपका लागि अदालत लगिँदै तीन दिनमै हलबाट उत्रिन लाग्यो सलमानको ‘सिकन्दर’ नागरिक लगानी कोष र सभापोखरी हाइड्रोको सेयर प्रत्याभूति सम्झौता मुस्ताङमा च्याङ्ग्रा जोनः ७८ फार्म सूचीकृत दक्षिण कोरियाली पूर्व कार्यवाहक राष्ट्रपतिविरुद्ध महाभियोगको प्रस्ताव दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

चैत १५ गते जनप्रदर्शन गर्ने राजावादीको घोषणा



अ+ अ-

काठमाडौँ । ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले चैत १५ गते काठमाडौँमा जनप्रदर्शन गर्ने घोषणा गरेको छ ।

नवराज सुवेदी नेतृत्वको समितिले मंगलबार एक विज्ञप्ति जारी गर्दै उक्त घोषणा गरेको हो ।

संयोजक सुवेदीले नेपाल विशिष्ट राजनीतिक संक्रमणको घडीबाट गुज्रिरहेको जिकिर गर्दै देशभक्त, राजसंस्थावादीहरू एकतावद्ध भएर अघि बढ्नु पर्ने अवस्था आएको बताउदै सम्पूर्ण राजसंस्थावादी, हिन्दू अधिराज्यवादी तथा सङ्घीयता विरोधी आम सर्वसाधारण, राजनीतिक पार्टी र समूहहरूलाई साथ, सहयोग र समर्थनका लागि आह्वान गरेका छन् ।

सोही दिन समाजवादी मोर्चाले पनि काठमाडौँमा राजावादीको गतिविधिविरुद्ध प्रदर्शन गर्ने तयारी गरेको छ ।