२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भेनेजुएलाबाट तेल र ग्यास खरिद गर्ने देशहरूमा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा



अ+ अ-

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट तेल र/वा ग्यास खरिद गर्ने कुनैपनि राष्ट्रमा २५ प्रतिशत कर लगाउने घोषणा गर्नुभएको छ ।

ल्याटिन अमेरिकी देशले दशौं हजार अपराधीहरूलाई संयुक्त राज्य अमेरिका पठाएको आरोप लगाउँदै उहाँले सोमवार यस्तो घोषणा गर्नुभयो । ‘यदि उनीहरूले भेनेजुएलाबाट तेल किन्छन् भने, उनीहरूले संयुक्त राज्य अमेरिकासँग व्यापार गर्न २५ प्रतिशत कर तिर्नुपर्नेछ ।’ ट्रम्पले भन्नुभयो ।

‘भेनेजुएलाबाट तेल र/वा ग्यास खरिद गर्ने कुनैपनि देशले हाम्रो देशसँग गर्ने कुनैपनि व्यापारमा संयुक्त राज्य अमेरिकालाई २५ प्रतिशतको कर तिर्न बाध्य हुनेछ ।’ ट्रम्पले भन्नुभयो । सबै कागजातहरूमा हस्ताक्षर र दर्ता गरिने र कर अप्रिल २, २०२५ मा लागू हुने बताउनु भयो ।

ट्रम्पले बारम्बार मेक्सिको ग्वाटेमाला, होन्डुरस र एल साल्भाडोर जस्ता ल्याटिन अमेरिकी देशहरूलाई संयुक्त राज्य अमेरिकामा अपराधीहरू पठाउने आरोप लगाउनु भयो ।

ट्रम्प प्रशासनले हालै २०० भन्दा बढी भेनेजुएला आप्रवासीहरूलाई एल साल्भाडोरमा निर्वासन गर्न युद्धकालीन कानून १७९८ को एलियन एनिमीज एक्ट लागू गर्ने निर्णय गरेको छ ।