१८ चैत्र २०८१, सोमबार
March 31, 2025 Monday

26.27°C

काठमाडौं

26.27°C

Kathmandu

Feels-like: 26.27

Wind: 3.09

Humidity: 31

Latest
शिक्षक महासंघलाई शिक्षा समितिको आग्रहः तपाईंहरुका माग सम्बोधन गर्न सकारात्मक छौँ, आन्दोलन स्थगन गर्नुहोस् थाइल्याण्डको औपचारिक भ्रमणबारे प्रधानमन्त्रीद्वारा संसद्लाई जानकारी पूर्वराजा ज्ञानेन्द्र शाहले उन्मुक्ति पाउनु हुन्नः प्रधानमन्त्री प्रधानमन्त्रीले सम्बोधन गरिरहँदा राप्रपाको विरोध थाइल्याण्ड भ्रमणबारे प्रधानमन्त्रीले संसदलाई जानकारी गराए समाजवादी मोर्चाले भन्योः राजावादीको आन्दोलन जंगली चरित्रको, खतराप्रति जनता परिचालन गर्ने माकलबारीमा एक लाखको विवादमा युवकको हत्या, ६ जना पक्राउ तीन तहको सरकारलाई जोड्ने एउटै सूत्र ‘सहकार्य’ नेपालगञ्जमा धुमधामले ईद पर्व मनाइयो सुनको मूल्य प्रतितोला ११ सयले बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रान्ससँगको सम्बन्ध प्रगाढ बनाइने खोजिएको चीनको भनाइ



अ+ अ-

बेइजिङ। फ्रान्सका विदेशमन्त्रीको आसन्न भ्रमणले ‘अशान्ति र रूपान्तरण’को सामना गरिरहेको विश्वमा दुई देशबीच सहयोग प्रगाढ हुने आशा चीनले सोमबार व्यक्त गरेको छ ।

फ्रान्स र चीनले हालैका वर्षहरूमा सम्बन्धलाई बलियो बनाउन खोजेका छन्, तर पेरिसले युक्रेनको आक्रमणपछि बलियो भएको देखिएको बैइजिङ र मस्कोबीचको सम्बन्धलाई प्रगाढ नबनाउन बेइजिङलाई दबाब दिएको छ ।

फ्रान्सका विदेशमन्त्री ज्याँ नोएल बारोटले आगामी बिहीबार र शुक्रबार चीनको राजधानी बेइजिङ र आर्थिक महाशक्ति साङ्घाईको भ्रमण गर्नुहुनेछ ।

विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले भन्नुभयो, “वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति अस्थिर र जटिल बन्दै गएको छ, अस्थिरता र अनिश्चिततामा उल्लेखनीय वृद्धि भएको छ।” बेइजिङले फ्रान्सका विदेशमन्त्रीको यो भ्रमणलाई ‘राजनीतिक पारस्परिक विश्वास लाई मजबुत बनाउन’ प्रयोग गर्ने उहाँले बताउनुभयो ।

जनवरीमा ह्वाइट हाउसमा फर्केका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति लक्षित गर्दै उहाँले भन्नुभयो, “उनीहरूले संयुक्त रूपमा एकपक्षीयता र अराजक कानूनको पुनरुत्थानको विरोध गर्नेछन्।”

गत वर्ष पेरिसमा राष्ट्रपति इमानुएल म्याक्रोँसँग भएको भेटमा म्याक्रोँले चीनको ‘स्वतन्त्र’ अडानको सराहना गरेको वाङले बताउनुभएको थियो ।चीनले युक्रेन द्वन्द्वमा आफू तटस्थ पार्टी भएको बताउँदै आएको छ । चीनले युक्रेन युद्धको कहिल्यै निन्दा वा समर्थन केही गरेको छैन । रासस/एएफपी