१४ चैत्र २०८१, बिहीबार
March 27, 2025 Thursday
Latest
बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह भूकम्प प्रतिरोधी नमुना घर निर्माण भएपछि खुशी छन् हाँसीराम कामी पूर्वराजा शाहलाई देउवाको आग्रहः आश नगरे हुन्छ, अब गणतन्त्र हट्दैन इजरायली आक्रमणमा हमासका प्रवक्ताको मृत्यु भएको समूहको दाबी नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार अपाङ्गतामैत्री पुल निर्माण र सडक बत्ती जडान महानगरको प्राथमिकताः मेयर महर्जन हितेन्द्र देव शाक्यको रिट पनि सर्वोच्चमा दर्ता, भोलि नै पेशी कुलमानको विषयलाई लिएर प्रतिपक्षले संसद अवरुद्ध पार्नु संविधान विपरितः महेश बर्तौला कुलमानको विषयलाई लिएर संसद अवरोध गर्नु गलतः महामन्त्री शर्मा प्रतिनिधिसभाको बैठक बस्दै नबसी सूचना टाँस गरेर स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रान्ससँगको सम्बन्ध प्रगाढ बनाइने खोजिएको चीनको भनाइ



अ+ अ-

बेइजिङ। फ्रान्सका विदेशमन्त्रीको आसन्न भ्रमणले ‘अशान्ति र रूपान्तरण’को सामना गरिरहेको विश्वमा दुई देशबीच सहयोग प्रगाढ हुने आशा चीनले सोमबार व्यक्त गरेको छ ।

फ्रान्स र चीनले हालैका वर्षहरूमा सम्बन्धलाई बलियो बनाउन खोजेका छन्, तर पेरिसले युक्रेनको आक्रमणपछि बलियो भएको देखिएको बैइजिङ र मस्कोबीचको सम्बन्धलाई प्रगाढ नबनाउन बेइजिङलाई दबाब दिएको छ ।

फ्रान्सका विदेशमन्त्री ज्याँ नोएल बारोटले आगामी बिहीबार र शुक्रबार चीनको राजधानी बेइजिङ र आर्थिक महाशक्ति साङ्घाईको भ्रमण गर्नुहुनेछ ।

विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले भन्नुभयो, “वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति अस्थिर र जटिल बन्दै गएको छ, अस्थिरता र अनिश्चिततामा उल्लेखनीय वृद्धि भएको छ।” बेइजिङले फ्रान्सका विदेशमन्त्रीको यो भ्रमणलाई ‘राजनीतिक पारस्परिक विश्वास लाई मजबुत बनाउन’ प्रयोग गर्ने उहाँले बताउनुभयो ।

जनवरीमा ह्वाइट हाउसमा फर्केका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति लक्षित गर्दै उहाँले भन्नुभयो, “उनीहरूले संयुक्त रूपमा एकपक्षीयता र अराजक कानूनको पुनरुत्थानको विरोध गर्नेछन्।”

गत वर्ष पेरिसमा राष्ट्रपति इमानुएल म्याक्रोँसँग भएको भेटमा म्याक्रोँले चीनको ‘स्वतन्त्र’ अडानको सराहना गरेको वाङले बताउनुभएको थियो ।चीनले युक्रेन द्वन्द्वमा आफू तटस्थ पार्टी भएको बताउँदै आएको छ । चीनले युक्रेन युद्धको कहिल्यै निन्दा वा समर्थन केही गरेको छैन । रासस/एएफपी