१६ असार २०८३, मंगलवार
,
Latest
कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत येन ४० वर्षयताकै कमजोर, हस्तक्षेपको तयारीमा जापान कङ्गोमा इबोला संक्रमित एक हजार ३०७ पुगे, सामूहिक जमघटमा प्रतिबन्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोटरसाइकल दुर्घटनामा एक किशोरको मृत्यु



अ+ अ-

हेटौँडा । हेटौँडामा मोटरसाइकल दुर्घटना हुँदा एकजना किशोरको मृत्यु भएको छ भने एक घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक भीमफेदी–९ नामटार घरभइ हेटौँडा–११  बस्ने १८ वर्षीय अजय विश्वकर्मा रहेको प्रहरीले जनाएको छ ।  
 
हेटौँडा उपमहानगरपालिका–११ थाना भ¥याङ सडकमा रोकिराखेको बा ९७ प ५४१३ नम्बरको ट्रकमा गएराति हेटाँैडाबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख ५६७९ नम्बरको  मोटरसाइकलले ठक्कर दिँदा गम्भिर घाइते भएका मोटरसाइकल चालक विश्वकर्माको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताउनुभयो । 
 अत्याधिक गतिमा मोटरसाइकल चलाएकोले  दुर्घटना भएको हुनसक्ने र मोटरसाइकलको पछाडि बस्ने २४ वर्षीय सुनिल सुनार सामान्य घाइते भएको प्रनाउ रानाले जानकारी दिनुभयो ।