३ असार २०८३, बुधबार
,
Latest
रुग्ण उद्योगको पुनःसञ्चालन र पेट्रोलियम भण्डारण क्षमता विस्तारलाई प्राथमिकता दिनेछौँः उद्योगमन्त्री तनहुँकाे व्यास नगरपालिकाले फोहर बिक्रीबाट गर्‍यो रु २४ लाखभन्दा बढी आम्दानी कर्णाली प्रदेशमा आगामी आवमा १२२ पुल निर्माण हुने चिकित्सा शिक्षा आयोगको बैठकमा ‘कानूनले नचिनेको व्यक्ति’ को उपस्थितिप्रति सांसद बरालको आपत्ति वास्तविक सुकुम्वासीको पहिचान नगरी डोजर आतंक मच्चाइएको भन्दै सांसद केसीद्वारा सरकारको ध्यानाकर्षण जनताको समस्याप्रति सरकार गम्भिर नभएको सत्तारुढ रास्वपाका सांसदहरूको गुनासो एशियाली खेलकुदमा महिला फुटबल टोलीको सहभागिता सुनिश्चित गर्न ऐनबहादुर महरको माग कुवेतका जेलमा रहेका नेपाली महिलाको तत्काल उद्धार गर्न सांसद खुश्बु ओलीको माग भारतको निर्यात अवरोधले इलामका ८३ चिया उद्योग बन्द, कूटनीतिक पहल गर्न सरकारसँग सांसद राईकाे माग सभामुख अर्याल र बङ्गलादेशी राजदूतबीच शिष्टाचार भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

अझै नियन्त्रणमा आउन सकेन प्लाई उद्योगको आगलागी



अ+ अ-

दाङ: गएराति २ बजेदेखि साङ्ग्रिला प्लाई उद्योगमा सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । दाङको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको सो उद्योगमा लागेको आगो हालसम्म पनि नियन्त्रणमा आउन नसकेको हो ।

अझैसम्म पनि उद्योगमा लागेको आगलागी पूर्ण नियन्त्रणमा आउन नसकेको दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले बताउनुभयो । उहाँका अनुसार हाल सात वटा दमकलले आगो निभाइरहेका छन् ।

दाङको घोराही, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिका तथा बर्दियाको बाँसगढी नगरपालिका, बाँकेको कोहलपुर नगरपालिका, कपिलवस्तुको शिवराज नगरपालिका र रुपन्देहीबाट एउटा दमकल ल्याएर आगो निभाउने क्रम जारी छ । प्लाई बनाउन प्रयोग हुने धेरै सामग्री भएकाले आगो निभाउन ढिलाइ भएको प्रजिअ लम्सालको भनाइ छ । “प्लाईका धेरै सामग्री छन्, आगो बलिरहेको छ”, उहाँले भन्नुभयो, “निभाउन अझै समय लाग्ने देखिन्छ ।”

आसपासमा बस्ती भए पनि त्यो बस्तीका लागि जोखिम भने टरेको प्रजिअ लम्सालले बताउनुभयो । आगलागीबाट करोडौँको क्षति भएको अनुमान गरिएको छ । यद्यपी अझै पनि क्षतिको विवरण आइपुगेको छैन । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहित सुरक्षा निकाय, स्थानीयलगायतले आगो नियन्त्रण गरिरहेका छन् ।रासस




भर्खरै