२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकता निश्चित, पार्टीको नाम नागरिक जनमत राख्ने



अ+ अ-

काठमाडौं । सिके राउतको जनमत र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकता निश्चित भएको छ ।

एकीकृत पार्टीको अध्यक्षमा डा सिके राउत, संरक्षक रेशम चौधरी र सहअध्यक्ष रञ्जिता श्रेष्ठ हुने सहमति भइसकेको जनमतका प्रवक्ता डा शरदसिंह यादवले जानकारी दिए ।

पार्टी एकताको लागि दुवै पक्ष सहमतिमा गठन गरिएको कार्यदलले प्रक्रिया थालेको यादवले बताए । पार्टीको नाम ‘नागरिक जनमत ‘राख्ने र चुनाव चिन्ह ‘ढकिया’ राख्ने बारेमा छलफल भइरहेको उनले बताए । छलफलको चरणमा रहेकोले पार्टीको नाम र चुनाव चिन्हबारे चाँडै सहमतिमा पुग्ने उनले बताए ।

त्यसैगरी, पार्टी पदाधिकारीसहित आवश्यक संरचना बारेमा पनि कार्यदलले नै टुंग्याउने यादवले बताए ।

कार्यदलमा जनमतबाट उपाध्यक्ष अब्दुल खान, डा. शरदसिंह यादव, बालगोविन्द चौधरी रहेका छन् भने नागरिक उन्मुक्तिबाट गंगा चौधरी, सुनिता चौधरी, रामलाल डगोरा थारु रहेका छन् ।

 




भर्खरै