२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकता निश्चित, पार्टीको नाम नागरिक जनमत राख्ने



अ+ अ-

काठमाडौं । सिके राउतको जनमत र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकता निश्चित भएको छ ।

एकीकृत पार्टीको अध्यक्षमा डा सिके राउत, संरक्षक रेशम चौधरी र सहअध्यक्ष रञ्जिता श्रेष्ठ हुने सहमति भइसकेको जनमतका प्रवक्ता डा शरदसिंह यादवले जानकारी दिए ।

पार्टी एकताको लागि दुवै पक्ष सहमतिमा गठन गरिएको कार्यदलले प्रक्रिया थालेको यादवले बताए । पार्टीको नाम ‘नागरिक जनमत ‘राख्ने र चुनाव चिन्ह ‘ढकिया’ राख्ने बारेमा छलफल भइरहेको उनले बताए । छलफलको चरणमा रहेकोले पार्टीको नाम र चुनाव चिन्हबारे चाँडै सहमतिमा पुग्ने उनले बताए ।

त्यसैगरी, पार्टी पदाधिकारीसहित आवश्यक संरचना बारेमा पनि कार्यदलले नै टुंग्याउने यादवले बताए ।

कार्यदलमा जनमतबाट उपाध्यक्ष अब्दुल खान, डा. शरदसिंह यादव, बालगोविन्द चौधरी रहेका छन् भने नागरिक उन्मुक्तिबाट गंगा चौधरी, सुनिता चौधरी, रामलाल डगोरा थारु रहेका छन् ।