२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवाहको उमेर र सजायसम्बन्धी विधेयक संसदमा पेश गर्दैछौँः कानूनमन्त्री चौरसिया



अ+ अ-

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले केटाकेटीको विवाहको उमेर र सजायँबारे विधेयक चालु संसदको चालु अधिवेशनमा पेश हुने बताउनुभएको छ ।

आईतबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उहाँले यस्तो जानकारी दिनुभएको हो ।

उहाँले विवाह उमेर भन्दा कम उमेरमा हुने विवाहबारे हुने सजाय घटाउने गरी सहमति भएको बताउनु भयो । उहाँले उमेरभन्दा अघि विवाह गरेको भए उमेर नपुगेसम्म अविभावकसँग छुट्टाछुट्टै बस्नुपर्ने र उमेर पुगेपछि विवाह गर्ने वा नगर्ने निर्णय गर्न पाउने व्यवस्था विधेयकमा गरेको बताउनु भयो । नावालिगबीच भएको आपसी सम्बन्धलाई कानूनअनुसार बलात्कार ठहर्ने भएकाले सजायँ घटाएर तीन वर्ष कायम गर्ने सर्वोच्चको फैसलालाई विधेयकमा समावेश गरेको उहाँको भनाइ छ । उहाँले लिभिङ टुगेदरलगायतका विषयमा हुने विभिन्न मुद्दाका बारेमा छलफलमा भए कुनै निर्णयमा नपुगेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘१८ र २० वर्ष केटाकेटीको विवाह चाहे परिवारको सहमतिमा होस् वा आफैले गरेको अवस्थामा सजाय घटाइ दिने । जरिबाना दुई चार पाँच हजारमात्रै राख्ने र विवाहको उमेर नपुगेसम्म आफ्नो आफ्नो आमा बाबुसँग बस्ने । छुट्टाछुट्टै बस्ने र विवाहको उमेर २० वर्ष पुगेपछि विवाह गर्ने कि नगर्ने भनेर त्यतिबेला निर्णय गर्ने । ३५ दिनभित्र गर्नुपर्ने निर्णय गर्नुपर्ने बालिग हुनासाथ भन्ने अप्सनमा छलफल गर्दै छौँ । माननीय गृहमन्त्रीले भन्नुभयो रोमियो जुलियटको कुरा । नाबालिग केटाकेटीको उमेर ३ वर्षभन्दा कम छ र उनीहरुबीचमा आपसी सम्बन्ध भयो भने कानुनले पनि रेप केस लाग्ने गरेको छ, त्यस्तोमा सजायँ घटाएर ३ वर्षसम्म गर्ने सर्वोच्चले निर्णय पनि गरेको छ । यस्तै अन्य लिभिङ रिलेसनका सम्बन्धमा पनि कुरा उठेको छ सहमतिमा जाने र रेप मुद्दा लाग्ने विषयमा अहिले खासै कुरा अगाडि बढेको छैन । तर विवाहको उमेर र सजायको बारेमा यही पार्लियामेन्टमा विधेयक जाँदै छ ।’

मन्त्री चौरसियाले विवाहको उमेरसम्बन्धी प्रस्तावमा समिति सदस्यहरुबीच मत बाझिएको बताउनु भयो । कैदीबन्दीलाई खुला हिरासतमा राख्ने विषयमा पनि विधेयकमा व्यवस्था गरिएको उहाँको भनाइ छ ।