१३ चैत्र २०८१, बुधबार
March 26, 2025 Wednesday

15.09°C

काठमाडौं

15.09°C

Kathmandu

Feels-like: 13.46

Wind: 0.79

Humidity: 31

Latest
कांग्रेसलाई बलियो बनाउनुपर्छ : नेता गच्छदार गणतन्त्र पक्षधर सबै दलसँग सहकार्य गर्नुपर्छ-राजेन्द्र पाण्डे वनमन्त्री शाही जर्मनीमा भेटघाटमा व्यस्त अर्घाखाँची बस दुर्घटना : मृतकको संख्या ४ पुग्यो, ३ जनाको सनाखत बेनी–जोमसोम सडकका बेलिब्रिज जोखिममा मुख्यमन्त्री सिंहद्वारा होटल अनुगमन बिहीबारदेखि ‘एडभान्स फन्सनल मटेरियल्स’ सम्बन्धी दोस्रो अन्तरराष्ट्रिय वैज्ञानिक सम्मेलन मुलुकलाई नयाँ सिराबाट अगाडि बढाउनुपर्ने छ : महासचिव पोखरेल दलहरूले जनतालाई नारा होइन, कार्यक्रम दिनुपर्छ- भानुभक्त जोशी दिगो सहरी विकास र सुशासनका लागि सरकार प्रतिबद्ध छ : उपप्रधानमन्त्री सिंह
तपाईं के खोज्दै हुनुहुन्छ ?

राज्यका निर्देशक सिद्धान्तको प्रभावकारी कार्यान्वयनबाट मात्रै विकास र समृद्धि प्राप्त गर्न सकिन्छः राष्ट्रपति



राष्ट्रपति पौडेल – सम्बोधन काठमाडौँ, १० चैतः राष्ट्रपति रामचन्द्र पौडेल आइतबार राष्ट्रपति भवन, शीतलनिवासमा नेपाल सरकारको वार्षिक प्रतिवेदन पेस गर्ने सन्दर्भमा आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै । सौजन्य तस्बिरः प्रधानमन्त्रीको सचिवालय÷रासस
अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले उपलब्ध श्रोत, साधन परिचालन गरी राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वको प्रभावकारी कार्यान्वयन गर्नसके मात्रै विकास र समृद्धिको संवैधानिक उद्देश्य प्राप्त गर्न सकिने बताउनुभएको छ ।

आईतवार नेपाल सरकारको आर्थिक वर्ष २०८०/०८१ मा सम्पदाति प्रमुख कार्यहरु समेटी तयार पारिुएको सरकारको ९ औं वार्षिक प्रतिवेदन ग्रहण गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले उपलब्ध श्रोत, साधन परिचालन गरी राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वको प्रभावकारीका कार्यान्वयन गर्नसके मात्रै मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समतामुलक समाज निर्माण एवं विकास र समृद्धिको संवैधानिक उद्देश्य प्राप्त गर्न सकिने उल्लेख गर्नुभयो । उहाँले त्यसतर्फ तदारुकताका साथ सरकार लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालको संविधानको मुल मर्म र भावना एवं राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्व सम्बन्धी संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्दै जानुपर्ने बताउनु भयो ।

राष्ट्रपति पौडेलले भन्नुभयो, ‘उपलब्ध श्रोत, साधन परिचालन गरी राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वको प्रभावकारी कार्यान्वयन गर्नसके मात्रै मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समतामुलक समाज निर्माण एवं विकास र समृद्धिको संवैधानिक उद्देश्य प्राप्त गर्न सकिने हुँदा त्यसतर्फ नेपाल सरकारको तदारुकता आवश्यक छ । नेपालको संविधानको मुल मर्म र भावना एवं राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्व सम्बन्धी संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्दै जानुपर्ने देख्दछु । आगामी दिनमा समेत नेपालको संविधानको मर्म र भावना बमोजिम राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वअनुसारका काम, कारबाहीहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्न नेपाल सरकार अझ सक्रिय र क्रियाशील रहने विश्वास छ ।’

राष्ट्रपति पौडेलले आगामी दिनमा समेत नेपालको संविधानको मर्म र भावना बमोजिम राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वअनुसारका काम, कारबाहीहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्न नेपाल सरकार अझ सक्रिय र क्रियाशील रहने विश्वास व्यक्त गर्नुभयो ।