८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार

विश्वव्यापीकरणको ‘सही’ बाटो अवलम्बन गर्ने चीनको घोषणा

विश्वव्यापीकरणको ‘सही’ बाटो अवलम्बन गर्ने चीनको घोषणा
अ+ अ-

एजेन्सी । चीनका उच्च नेताले आइतबार बेइजिङमा आयोजित व्यापारिक अधिकारीहरूको एक भेलालाई सम्बोधन गर्दै ‘विखण्डन’ का बावजुद चीनले ‘आर्थिक विश्वव्यापीकरण’लाई अगाडि बढाउने बताउनुभएको छ ।

ट्रम्पले देशबाट आयात हुने सामानमा धेरै चरणको कर लगाएको हप्तौँपछि हुन लागेको चीन विकास मञ्चको बैठकमा उहाँले ‘आर्थिक विश्वव्यापीकरण’कोी मार्ग अवलम्बन गर्ने बताउनुभएको हो ।

अमेरिकी करवृद्धि र बदलामा आउने रक्षात्मक निर्णयले विश्वभर आर्थिक चुनौतीहरू बढेको विश्वव्यापीरूपमा नै मूल्यवृद्धिको सम्भावनालाई बढाएको छ ।

चिनियाँ नेताहरूले महामारीको अन्त्यदेखि नै विशेष गरी उपभोग बढाएर अस्थिर अर्थतन्त्रलाई अझ स्थिर मार्गमा डोरÞ्याउन खोजिरहेका छन् ।

ट्रम्पले चीन, क्यानडा र मेक्सिकोलगायत प्रमुख अमेरिकी व्यापारिक साझेदारहरूसँग करवृद्धि गरी व्यापार युद्ध लडिरहेका बेला उनीहरूले बहुपक्षीय आर्थिक प्रणालीको कट्टर रक्षकको रूपमा देशको भूमिकालाई पनि जोड दिन खोजिरहेका छन्।

चीनका प्रधानमन्त्री ली कियाङले भन्नुभयो, “चीन इतिहासको कठिन घडीमा सही पक्ष, निष्पक्षता र न्यायमा दृढतापूर्वक उभिनेछ।”

एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकलगायत प्रमुख व्यापारिक नेताहरूको उपस्थितिमा यस वर्षको वार्षिक मञ्चको उद्घाटनमा लीको भाषण आएको थियो।

देशले ‘आर्थिक भूमण्डलीकरण’को सही दिशाको पालना गर्नेछ, सही बहुपक्षीयताको अभ्यास गर्नेछ र स्थिरता र निश्चितताको लागि एक शक्ति बन्ने प्रयास गर्नेछ,” लीले भन्नुभयो ।

ट्रम्पले सुरु गरेको नयाँ व्यापार युद्धलाई सङ्केत गर्दै उहाँले भन्नुभयो, “आज, विश्वव्यापी आर्थिक विखण्डन तीव्र भइरहेको छ, अस्थिरता र अनिश्चितता बढिरहेको छ ।”

बेइजिङले हालैका हप्ताहरूमा व्यापार वार्ताका लागि ट्रम्पसँग संलग्न हुन खुला दृष्टिकोण व्यक्त गरेको छ।

अमेरिकी सिनेटर स्टिभ डेन्सले बेइजिङ भ्रमणका क्रममा आर्थिक मामिला हेर्ने चीनका उपप्रधानमन्त्री हे लिफेङसँग शनिबार भेटवार्ता गर्नुभएको छ ।

चीनबाट संयुक्त राज्य अमेरिकामा फेन्टानिल र घातक औषधिको अग्रगामी रसायनहरूको सीमापार प्रवाहमा संलग्न हुने अपेक्षा गरिएको वार्ताका लागि डेन्सले आइतबार लीसँग पनि भेट गर्नुहुनेछ ।

ट्रम्पले चीनमाथिको नयाँ करको कारण बेइजिङले रसायनहरूको ढुवानी रोक्न असफल भएको बताउनुभएको छ । यसले घातक औषधिको समस्यालाई बढावा दिएको छ।

बेइजिङले लागुऔषधको अवैध उत्पादन र व्यापारमाथि कडा कदम चालेको बताउँदै यो मुद्दा वासिङ्टनले नै समाधान गर्नुपर्ने बताएको छ ।

डेन्ससँगको भेटमा उहाँले भन्नुभयो, “चीनले आर्थिक र व्यापारिक मुद्दाहरूको राजनीतिकरण, हतियारीकरण र साधनीकरणको कडा विरोध गर्दछ।”

उपप्रधानमन्त्रीले चीन समस्या समाधानका लागि संयुक्त राज्य अमेरिकासँग ‘स्पष्ट संवादमा संलग्न हुन’ इच्छुक रहेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, “दुई देशबीच धेरै साझा हित र सहयोगका लागि व्यापक स्थान छ ।

गत जनवरीमा पदभार ग्रहण गरेदेखि ट्रम्पले संयुक्त राज्य अमेरिकामा केही चिनियाँ सामानको ढुवानीमा २० प्रतिशतले वृद्धि गर्नुभएको छ । गत वर्ष चीनको निर्यात उच्च रेकर्डमा पुगेको थियो । “विश्वव्यापी व्यापार प्रणालीमा उथलपुथलले बेइजिङलाई गतिविधि बढाउन अन्य तरिकाहरू खोज्न बाध्य पार्न सक्छ,” पर्यवेक्षकहरूले चेतावनी दिएका छन् ।

सोमबार सार्वजनिक गरिएको तथ्याङ्कले यस वर्षको पहिलो दुई महिनामा असमान सुधार भएको सङ्केत गरेको छ ।

अघिल्लो जनवरी–फेब्रुअरी अवधिको तुलनामा खुद्रा बिक्री मध्यम वृद्धि भएको छ, यद्यपि बेरोजगारी दुई वर्षमा रेकर्ड गरिएको उच्चतम स्तरमा पुगेको छ ।

बेइजिङले यस वर्ष पाँच प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको बताएको छ, जुन गत वर्षको जस्तै हो र धेरै अर्थशास्त्रीहरूले यसलाई महत्त्वाकाङ्क्षी मानेका छन् ।