• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   प्रधानमन्त्रीले सोमबार वा मंगलबार विश्वासको मत लिने ! ★   बेलायतको चुनावमा लेबर पार्टीको फराकिलो जीत, स्टार्मर नयाँ प्रधानमन्त्री बन्ने ★   प्रधानमन्त्री मोदीले रोहितलाई सोधे – माटोको स्वाद कस्तो थियो ? ★   सहरमा बास, गाउँकै खान्कीमा चाख ★   वर्तमान सरकारले संसदको सामना गर्ने आँट राख्नुपर्छ: अध्यक्ष नेपाल ★   कृषिलाई कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएका छौँ: अर्थमन्त्री पुन ★   कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको चेतावनी ★   मादीमा ‘चारलेन’ पुल धमाधम निर्माण हुँदै ★   निकुञ्जका लागि बजेट अपर्याप्त, दुर्लभ वन्यजन्तु संरक्षणमा चुनौती ★   बागमती सरकारबाट बाहिरिँदै एमाले

सोमालियामा कार बम विस्फोट, कम्तिमा १० जनाको मृत्यु



एजेन्सी । सोमालियाको राजधानी मोगादिशुमा बुधबार भएको आत्मघाती कार बम विस्फोटमा परी पाँच सैनिकसहित कम्तीमा दश जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । घटनामा अन्य नौ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।

बानादिर क्षेत्रका उप–गभर्नर अली अब्दी वार्डेयरले घटनाबारे भन्नुभयो, “एक आत्मघाती बम आक्रमणकारीले अन्तरराष्ट्रिय विमानस्थल नजिकै सैनिक समूहलाई लक्षित गरी गरेको हुनसक्ने आक्रमणमा पाँच सैनिकसहित १० जनाको मृत्यु भएको छ । अन्य केही घाइते भएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।”

मोगादिशुको ‘२१ अक्टूबर रोड’मा कारलाई सेनाको गाडीसँग ठक्कर दिई विस्फोट गराइएको उहाँले बताउनुभयो ।

वार्डेयरले घटनास्थलमा सञ्चारकर्मीसँग भन्नुभयो, “हामीलाई घटनाबारे अहिले थप जानकारी भएको छैन । आक्रमणको निशाना कसलाई बनाइएको हो भन्नेबारे अनुसन्धान सुरू गरिएकोले यसबारे थप जानकारी छिट्टै सार्वजनिक गरिनेछ ।” 

घटनास्थलमा खिचिएका दृश्यहरूमा कालो धुवाँ निस्किरहेको देख्न सकिन्छ । प्रत्यक्षदर्शीले केही गाडीहरू आगोले जलेका बताएका छन् ।   उप गभर्नरले अल–शाबाब आतंकवादीहरू यस आक्रमणको पछाडि रहेको बताउनुभएको छ ।

प्रहरीले उनीहरूलाई पछ्याइरहेको छ र आक्रमणको उद्देश्य स्थापित गर्न पनि जाँच शुरु भएको छ । 

यसैबीच अल–शाबाबले यस आक्रमणको लागि आफ्नो समूह जिम्मेवार भएको दाबी गरेको छ ।