१३ चैत्र २०८१, बुधबार
March 26, 2025 Wednesday

14.94°C

काठमाडौं

14.94°C

Kathmandu

Feels-like: 13.33

Wind: 1.03

Humidity: 32

Latest
कांग्रेसलाई बलियो बनाउनुपर्छ : नेता गच्छदार गणतन्त्र पक्षधर सबै दलसँग सहकार्य गर्नुपर्छ-राजेन्द्र पाण्डे वनमन्त्री शाही जर्मनीमा भेटघाटमा व्यस्त अर्घाखाँची बस दुर्घटना : मृतकको संख्या ४ पुग्यो, ३ जनाको सनाखत बेनी–जोमसोम सडकका बेलिब्रिज जोखिममा मुख्यमन्त्री सिंहद्वारा होटल अनुगमन बिहीबारदेखि ‘एडभान्स फन्सनल मटेरियल्स’ सम्बन्धी दोस्रो अन्तरराष्ट्रिय वैज्ञानिक सम्मेलन मुलुकलाई नयाँ सिराबाट अगाडि बढाउनुपर्ने छ : महासचिव पोखरेल दलहरूले जनतालाई नारा होइन, कार्यक्रम दिनुपर्छ- भानुभक्त जोशी दिगो सहरी विकास र सुशासनका लागि सरकार प्रतिबद्ध छ : उपप्रधानमन्त्री सिंह
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्न नउब्जने भिरालोमा ‘वनतरुल’ खेती



अ+ अ-

फिक्कल । अन्न उब्जनी नहुने माङसेबुङ गाउँपालिका–६ स्थित हात्तीढुङ्गेको १४ रोपनी भिरालो जमिनमा वनतरुलको व्यावसायिक खेती थालिएको छ । हात्तीढुङ्गे टोलका १३ जनाले कृषक समूह गठन गरी व्यावसायिक वनतरुलखेती सुरु गरेका हुन् ।

हात्तीढुङ्गे कृषक समूहका अध्यक्ष प्रेमकुमार राईका अनुसार वार्षिक रु २५ हजार भाडा तिर्नेगरी भिरालो जग्गामा तरुलखेती सुरु गरिएको हो । समूहलाई माङसेबुङ गाउँपालिकाले रु एक लाख सहयोग गरेको छ । माङसेबुङ गाउँपालिकाले परम्परागत कन्दमूलखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत उक्त रकम उपलब्ध गराएको हो ।

किसान समूहले वनतरुलसँगै गिठा र भ्याकुरको समेत खेती गर्दै थालेको छ । हाल बगानमा १६ हजार बोट वनतरुल, चार सय ५० बोट भ्याकुर र एक सय ५० बोट गिठा हुर्र्काएको छ । तीन वर्षपछि मात्र तरुल उत्पादन हुने जनाइएको छ । खेती विस्तारका लागि बीउ जङ्गलबाट नै सङ्कलन हुने गरेको छ ।

गहिरो खाल्डो खनेर प्रशस्त मल राखेर एकपटक बीउ रोपेपछि पटकपटक रेखदेख गर्नु नपर्ने भएकाले तरुलखेती अन्य खेतीभन्दा सजिलो भएको उहाँले बताउनुभयो ।