८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार

ढकिया बुनेर आत्मनिर्भर बन्दै महिला

ढकिया बुनेर आत्मनिर्भर बन्दै महिला
अ+ अ-

सुनसरी। जिल्लाको रामधुनी नगरपालिकासँगको सहकार्यमा रामधुनी थारु महिलासभा कार्यसमितिले ढकिया बुन्ने तालिम उपलब्ध गराएपछि यहाँका महिला आत्मनिर्भर बन्दै गएका छन् । आयआर्जनका साथै माहिलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम दिइएको हो ।

रामधुनी–५ का सङ्गीता चौधरीले १५ वर्षदेखि सिलाइबुनाइ गर्दै आउनुभएकामा अहिले योसँगै ढकिया बुन्ने व्यवसाय सुरु गर्नुभएको छ । पहिले सीप अभावले काममा चुनौती र समस्या भए पनि पछिल्लो समय विभिन्न सङ्घसंस्थाले तालिम दिएपछि आफू आत्मनिर्भर हुनुका साथै अन्य महिलालाई प्रशिक्षक भएर सीप सिकाइरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले मैले महिलालाई ढकिया बुन्ने तालिम दिँदै आएको छु । महिलालाई आयआर्जनसँग जोड्दै आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिकाको सहयोगमा यहाँको महिला सभा कार्यसमितिले ढकिया बुन्ने तालिम उपलब्ध गराउँदै आएको छ । जुन सीपले यहाँका धेरै महिला आत्मनिर्भर बनिरहेका छन् ।”

ढकिया विशेष गरेर थारु समुदायमा अत्यधिक प्रयोग गरिन्छ । पूजा, विवाह, पाटीलगायत कार्यक्रमदेखि मृत्यु संस्कारमा पनि ढकियाको प्रयोग गरिने भएकाले यसको व्यवसायबाट महिला स्वरोजगषर बन्दै गएका सङ्गीताले बताउनुभयो । पहिले थारु समुदायका सबै महिलाले बुन्ने गरे पनि पछिल्लो समय यो चलन हराउँदै गएको भन्दै उहाँले थारु परम्परा र संस्कृतिसँग जोडिएकाले पनि यसलाई संरक्षण र प्रवर्द्धन गर्न तालिम दिँदै आइएको उहाँले उल्लेख गर्नुभयो ।

सङ्गीताले अहिले १२ भन्दा बढी किसिमका ढकिया बुन्न थालेको जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ बनेका ढकिया दमक, झापा काठमाडाँै, धनकुटा, मोरङ र सुनसरीका विभिन्न ठाउँमा जाने गरेको छ । उहाँले भन्नुभयो, “यसबाट आम्दानीको यकिन हिसाब भने हुँदैन तर यो व्यवसायले घरखर्च टार्न र महिलाका निजी आवश्यकता पूरा गर्न पुग्छ ।’

ढकिया बुन्ने तालिमपछि यहाँबाट प्रशस्त आम्दानी गर्न सकिने रहेछ भनेर मलाई आत्मविश्वास बढेको छ रामधुनी–५ का निलम चौधरीले बताउनुभयो । “पहिले मलाई ढकिया बुनेर पनि आम्दानी हुन्छ भन्ने लागेको थिएन । पछिल्लो समय यसको प्रयोग अत्यधिक बढ्न थाल्यो । विभिन्न कार्यक्रममा मायाको चिनोदेखि लिएर चाडपर्वमा यसको प्रयोग हुने भएपछि तालिम लिएर आम्दानीसँगै स्वरोजगार बनेकी हुँ ।”

आफूले बुनेका ढकिया झापा र सुनसरीका विभिन्न ठाउँबाट माग हुने गरेको निलमको भनाइ छ । उहाँका अनुसार रु पाँच सयदेखि रु चार हजारसम्ममा ढकिया बिक्री हुने गर्दछ ।

सोही ठाउँकी कञ्चन चौधरीले एक वर्षदेखि ढकिया बुन्न सुरु गरेको सुनाउनुभयो । “यसका बारेमा केही ज्ञान पेसा पुर्खाहरूबाट जानेकी थिएँ । यो हाम्रो संस्कृतिसँग पनि जोडिएकाले यसलाई जोगाउनु, संरक्षण गर्नु पछिल्लो पुस्ताको कर्तव्य भएकाले तालिम लिएर व्यावसायिक पेसा बनाएकी हुँ”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार प्रत्येक वर्ष नगरपालिकाको सहयोगमा यहाँ महिला केन्द्रित भएर ढकिया बुन्ने तालिम सञ्चालन हुन्छ । यस्ता सीपमूलक तालिम अन्य क्षेत्रमा पनि आए महिला थप आकर्षित हुनुका साथै रोजगारीका नयाँ अवसर सिर्जना हुने उहाँको भनाइ छ ।

कञ्चनले महिनामा १० वटाभन्दा बढी ढकिया बुन्न सकिने बताउँदै कहिले सोभन्दा बढी माग पनि आउने गरेको उल्लेख गर्नुभयो । “बढी माग हुँदा रातभर बुनेर पूरा गर्नुपर्छ । ढकिया बुन्न सके बिक्रीका लागि बजारको अभाव भने हुँदैन । ढकिया विभिन्न किसिम र आकारमा बुन्न सकिन्छ । दौरा, मना, धमालगायतको माग बढी आउने गर्दछ”, उहाँले भन्नुभयो । उहाँका अनुसार ढकियामा धागो, मोती, कासको प्रयोग हुन्छ ।

धागो र मोती हामीले खरिद गर्नुपर्छ । कास भने कोशी किनारमा प्रशस्त पाउन सकिन्छ । त्यहीँबाट लिएर आउने गरेका छौँ”, कञ्चनले भन्नुभयो । यस सीपलाई फुर्सदको समय सदुपयोग गरी काममा लगाउँदा जीविकोपार्जनमा सहयोग पुग्ने उहाँको अनुभव छ । अहिले रामधुनी–५ मा मात्रै ढकिया बुन्ने महिला एक दर्जन बढी छन् । रासस