१२ चैत्र २०८१, मंगलवार
March 25, 2025 Tuesday

27.17°C

काठमाडौं

27.17°C

Kathmandu

Feels-like: 26.12

Wind: 2.57

Humidity: 17

Latest
तीन महिनापछि भोजपुरमा उडान सुरु कुलमानलाई हटाएको विरोधमा बानेश्वरमा प्रदर्शन– तस्बिरहरु देशमा केही हुन सक्दैन भन्ने भाष्य अब भाषण गरेर मात्र चिर्न सकिँदैनः मन्त्री भण्डारी प्रधानमन्त्रीको विरोधमा नारा डिस्प्ले भएपछि भरतपुर वितरण केन्द्रका प्रमुखमाथि कुटपिट युक्रेन विषयक अमेरिका–रुस वार्ता ‘उपयोगी’, वार्ता जारी रहने छ: रुसी वार्ताकार स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सर स्क्रिनिङ्ग कार्यक्रम स्थानीय तहसँग जोड्न आवश्यकः स्वास्थ्यमन्त्री पौडेल ‘लोडसेडिङ चाहिदैन, कुलमान हटाउन पाईदैन’ भन्दै माइतीघरमा प्रदर्शन प्रतिपक्षीहरु आफू बच्न र सरकारलाई बद्नाम गर्न लागेः प्रधानमन्त्री ओली चैत १५ गते जनप्रदर्शन गर्ने राजावादीको घोषणा सन् २०२५ मा एसियाको जिडिपी ४.५ प्रतिशतले बढ्ने अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्घीयतालाई सुदृढ बनाउन जरुरी छ- नारायणकाजी श्रेष्ठ



अ+ अ-

बागलुङ। पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्घीयतालाई सुदृढ बनाउन जरूरी रहेको बताउनुभएको छ ।

बागलुङ नगरपालिकामा आज आयोजित भेटघाट कार्यक्रममा उहाँले सङ्घीयताविरुद्ध विभिन्न गतिविधि भइरहेका भन्दै तिनलाई परास्त गर्न थप सुदृढीकरणका काम गर्न आवश्यक रहेको बताउनुभएको हो ।

नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष श्रेष्ठले जनताको नजिक रहेको स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिनुभयो । संविधानले स्थानीय तहलाई बलियो बनाउने व्यवस्था गरेको भन्दै उहाँले जनताका आधारभूत आवश्यक पूरा गर्न गम्भीर भएर लाग्न जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भन्नुभयो, “सङ्घीय व्यवस्थालाई थप सबल र सरल बनाउनुपर्छ । तीनै तहका सरकारलाई बलियो र मजबुत बनायौँ  भने मात्रै नागरिकले सङ्घीयताको अनुभूति गर्न सक्छन् । यसमा केन्द्र सरकारले आवश्यक सहयोग र सहजीकरढा गर्नुपर्छ । स्थानीय तहलाई थप बलियो बनाउन समानुपाति ढङ्गले बजेट व्यवस्थापन तथा वितरणमा ध्यान दिनुपर्छ ।”

सरकारले सङ्घीयताको आभास हुने गरी सेवा प्रवाहलाई प्रभावकारी गराउनु पर्नेमा उहाँले जोड दिनुभयो । |रासस