१२ चैत्र २०८१, मंगलवार
March 25, 2025 Tuesday

21.14°C

काठमाडौं

21.14°C

Kathmandu

Feels-like: 20.01

Wind: 1.03

Humidity: 27

Latest
हलको भुइँ थर्किनेगरि नेपथ्यलाई स्वागत गर्यो मेलबर्नले ग्लोबल आइएमई बैंकद्वारा ग्लोबल मनि विकको अवसरमा सातै प्रदेशमा विद्यार्थी तथा युवा लक्षित कार्यक्रम आयोजना दासताविरुद्धको अन्तरराष्ट्रिय दिवस आज यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य वीरगञ्जबाट ५३ अर्ब २६ करोडका वस्तु निर्यात देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान कुलमान प्रकरण: सरकारको कुशासनको निरन्तरताको अर्को कडी: शेखर कोईराला कुलमान प्रकरण: सरकारको निर्णय प्रतिरोध गर्न दाहालको आव्हान कुलमान प्रकरण: रास्वपा सभापति लामिछानेको मैनबत्ति बाल्दै मौन बिरोध ऊर्जा क्षेत्रमा पुन: संकट आउन सक्ने खतरा बढ्यो: राजेन्द्र लिङदेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेसी निजामती कर्मचारी मञ्चको अध्यक्षमा लालबाबु



अ+ अ-

जनकपुर। नेपाल मधेसी निजामती कर्मचारी मञ्चको चौथो राष्ट्रिय महाधिवेशन लालबाबु यादवको अध्यक्षमा नयाँ कर्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।

तीन दिनसम्म जनकपुरधाममा भएको महाधिवेशनबाट यादवलाई अध्यक्षमा निर्विरोध चयन गरेको आयोजक समितिले जनाएको छ । मञ्चको उपाध्यक्षमा ताहिर हुसेन, जवाहरलालप्रसाद कुर्मी, रामआधार यादव, राकेशरञ्जन दास, सुनिलकुमार पाण्डे, दीपेन्द्रकुमार यादव, रुमाकुमारी झा, सुजिताकुमारी राउत, कामेश्वर राउत र सत्यनारायण यादव तथा महासचिवमा अनिलकुमार साह चयन हुनुभएको छ ।

यस्तै, सचिवमा रामअशिष शर्मा, सत्यनारायण झा, बद्री मण्डल, वैद्यनाथ सिंह, मंजिर अन्सारी, शिवनारायण मण्डल, जीतेन्द्र यादव, राधेश्याम चौधरी र सन्ध्या दास र कोषाध्यक्षमा पुष्पाकुमारी मिश्र चयन हुनुभएको छ । सदस्यमा दीपकुमार ठाकुर, सन्दीप पटेल, अमजत अलि असन्सारी, अजयकुमार झा, शशी यादव, राम सुलित महतो, हिरावन यादव, वैद्यनाथ मण्डल, रवीन्द्रराय यादव, अरविन्द झा, मोहनकुमार सिंह, परमानन्द मण्डल, सुनिलकुमार साह, चन्दनकुमार रजक, रिमा दुवे, मनोजकुमार मण्डल र सोनी दास रहनुभएको छ ।

महाधिवेशनबाट नेपाल मधेसी निजामती कर्मचारी मञ्चको मधेस प्रदेश समितिको अध्यक्षमा सञ्जयकुमार मिश्र चयन हुनुभएको छ । समितिको उपाध्यक्षमा विनोद पाण्डे, रामहृदय यादव, राजेश साह, प्रेमकुमार महतो, स्वेता झा र शुभकरण राय चयन हुनुभएको छ ।

सचिवमा दीपककुमार ठाकुर, सहसचिवमा भुवनेश्वर महतो, सञ्जयकुमार यादव, श्यामसुन्दर महतो र राम स्वरुप सिंह र कोषाध्यक्षमा बन्दना मिश्रलाई चयन गरिएको जनाइएको छ । रासस