११ चैत्र २०८१, सोमबार
March 24, 2025 Monday

23.85°C

काठमाडौं

23.85°C

Kathmandu

Feels-like: 22.94

Wind: 2.57

Humidity: 25

Latest
नेपाल एयरलाइन्सलाई सुचारु गर्न लिजमा जहाज थप्ने तयारीः मन्त्री पाण्डे प्रधानमन्त्री र देउवा भेट्नुअघि शीतल निवास पुगे प्रचण्ड कुलेखानीको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन मन्त्रिपरिषद्को बैठक बस्दै अस्पताल बनाएर मात्रै हुँदैन, क्षमतावान चिकित्सक उत्पादन गर्न जरुरीः स्वास्थ्यमन्त्री पौडेल प्रेस चौतारीको महाधिवेशनः तोकिएका बाहेकलाई मनोनयनपत्र दिईएन पुँजीबजारको ओरालो यात्रा थामियो, नेप्से परिसूचक २६ अङ्कले बढ्यो त्रिचन्द्र क्याम्पसमा चैत १३ गते स्ववियू चुनाव हुने एसइईमा ‘ह्वाट्सएप’ ग्रुप बनाएर चिट चोराएको पुष्टि, परीक्षा गार्ड निष्कासन कालोपुलमा गुठीको जग्गा अतिक्रमण गरेर बनेका संरचनामा महानगरको डोजर
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कृषि उपकरणको गुणस्तरमा विश्वस्त हुने अवस्था छैन’



अ+ अ-

काठमाडौँ। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिमा प्रयोग हुने यन्त्र तथा उपकरणको गुणस्तरमा विश्वस्त हुने अवस्था नरहेको बताउनुभएको छ ।

नेपाल कृषि मेशिनरी व्यवसायी सङ्घको नवौँ वार्षिक साधारणसभामा आज यहाँ उहाँले कृषिलाई यान्त्रीकरण गर्दै जानुपर्ने आवश्यकता भए पनि यस्ता उपकरणको गुणस्तरमा विश्वस्त हुने अवस्था नरहेको बताउनुभयो । मन्त्री अधिकारीले किसानले महङ्गोमा किनेका उपकरण बर्सेनि मर्मतकै लागि धेरै खर्च गर्नु परिरहेको भन्दै यस्तो अवस्था अन्त्य हुनपर्नेमा जोड दिनुभयो ।

कृषि यान्त्रिकीकरणको प्रवर्द्धनमा व्यवसायीको भूमिका महत्वपूर्ण रहेको छ । यस्ता यन्त्र उपकरण स्वदेशमै बनाउन पहल गर्न आवश्यक छ । त्यो अवस्था नबन्दासम्म किसानले पनि उपकरण खरिद गर्दा गुणस्तरमा निश्चिन्त भएर मात्रै खरिद गर्न आवश्यक छ”, उहाँको भनाइ थियो ।

मन्त्री अधिकारीले उत्पादन लागत घटाउन, उत्पादकत्व बढाउन र दिगो कृषिप्रणाली सुनिश्चित गर्न यान्त्रिकीकरणलाई प्राथमिकता दिँदै सरकारअघि बडिरहेको सुनाउनुभयो ।

आधुनिक कृषियन्त्र तथा उपकरणमा अनुदानका कार्यक्रम निरन्तर सञ्चालनमा ल्याएका कारण उत्पादन वृद्धि भएको उल्लेख गर्दै उहाँले यसलाई अझ प्रभावकारी बनाउन सरोकार भएका पक्षसँग सहकार्य गर्न सरकार तयार रहेको बताउनुभयो । रासस