१६ चैत्र २०८१, शनिबार
March 29, 2025 Saturday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 18.61

Wind: 1.03

Humidity: 52

तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकतान्त्रिक अपांग संघको निर्वाचनमा सत्ताको दुरुपयोग भयो: नेता घिमिरे



अ+ अ-

काठमाडौँ। नेपाली काग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले लोकतान्त्रिक अपांग संघको निर्वाचनमा सत्ताको दुरुपयोग गरिएको आरोप लगाउनु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको संघको अधिवेशनमा पार्टीका साथीहरुलाई प्रहरीको घेराबन्दीमा राखेर निर्वाचन गराईएको उहाँले आरोप लगाउनु भएको छ ।

यो कार्यले पार्टी भित्रको आन्तरिक लोकतन्त्रको नाजुक अवस्थालाई उजागर गरेको उहाँले उल्लेख गर्नुभएको छ । उहाँले यस्तो अनुचित निर्वाचन गराउने निर्देशक समिति र अग्रगामी नारा उराल्ने पार्टी नेताहरुप्रति गम्भीर खेद प्रकट गर्दछु भन्नुभएको छ ।

उहाँले लेख्नु भएको छ-आफ्नै पार्टीका साथीहरू बिकास थापा र कल्पना खड्का लगायतलाई प्रहरी घेराबन्दीमा राखेर गरिएको नेपाल लोकतान्त्रिक अपांग संघको निर्वाचन आपत्तिजनक छ।यसले पार्टी भित्रको आन्तरिक लोकतन्त्रको नाजुक अवस्थालाई उजागर गरेको छ। यस्ता कार्यले मौजुदा प्रणालीमाथि गम्भीर प्रश्न खडा भएको छ। अब नयाँ दृष्टिकोणबाट पुनर्विचार गरिनेछ। यस्तो अनुचित निर्वाचन गराउने निर्देशक समिति र अग्रगामी नारा उराल्ने पार्टी नेताहरुप्रति गम्भीर खेद प्रकट गर्दछु।