११ चैत्र २०८१, सोमबार
March 24, 2025 Monday

14.79°C

काठमाडौं

14.79°C

Kathmandu

Feels-like: 13.58

Wind: 2.57

Humidity: 48

तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट खेल्न गएका बालक पोखरीमा बिलाए



अ+ अ-

जलेश्वर। महोत्तरीको एकडारा गाउँपालिकामा क्रिकेट खेल्न गएका एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ ।

एकडारा गाउँपालिका– ४ का श्रवण यादवका १० वर्षीय छोरा आलोककुमारको डुबेर मृत्यु भएको  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सन्तुलालप्रसाद जैसवालले बताउनुभयो ।

गाउँका साथीहरुसँग सोही पालिका–३ स्थित वनमा रहेको एउटा खेतमा बनाइएको क्रिकेट मैदानमा खेल्न गएका आलोक खेल मैदान नजिकको पोखरीमा डुबेका उहाँले जानकारी दिनुभयो ।