८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार

निवारण फाउण्डेसनद्वारा सञ्जीवनी परियोजना अन्तर्गत स्वास्थ्य शिविर सञ्चालनको उद्घोषणा

निवारण फाउण्डेसनद्वारा सञ्जीवनी परियोजना अन्तर्गत स्वास्थ्य शिविर सञ्चालनको उद्घोषणा
अ+ अ-

काठमाडौँ। निवारण फाउण्डेसनले सन्जीवनी परियोजना अन्तर्गत ग्रामीण भेगमा स्वास्थ्य सेवाबाट वञ्चित नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य शिविर सञ्चालन गर्ने घोषणा गरेको छ।

यस परियोजना अन्तर्गत २०८२ साल जेष्ठ १ (२०२५ मे १५) देखि सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाका गाउँपालिकाहरू हुँदै नेपालका विभिन्न गाउँपालिकाहरूमा स्वास्थ्य शिविर सञ्चालन गरिनेछ।

निवारण फाउण्डेसन संयुक्त राज्य अमेरिकाको बोस्टनमा स्थापित एउटा गैरसरकारी संस्था हो। कम्पनी रजिस्ट्रारको कार्यालय, काठमाडौँमा दर्ता भई समाज कल्याण परिषद्मा आवद्ध रहेको यस संस्थाको नेपालस्थित मुख्यालय काठमाडौँको सुन्धारामा रहेको छ। निवारण फाउण्डेसनले स्वास्थ्य, शिक्षा, बाल कल्याण, वातावरण संरक्षण तथा समुदाय विकासमा सुधार ल्याउने लक्ष्यका साथ विभिन्न परियोजनाहरू सञ्चालन गर्दै आएको छ।

निवारण फाउण्डेसनले सन्जीवनी परियोजनाको पहिलो चरण अन्तर्गत ग्रामीण भेगमा स्वास्थ्य शिविर सञ्चालन गरी स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने लक्ष्य राखेको छ। यस परियोजनाको मुख्य उद्देश्यहरूमा ग्रामीण भेगका नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच उपलब्ध गराउनु, रोगको पूर्वपहिचान गरी रोकथाम तथा निदानमा सहायता पुर्याउनु, स्वच्छता र स्वस्थ जीवनशैलीबारे समुदायलाई सचेत गराउनु तथा दीगो स्वास्थ्य सेवा प्रणालीको स्थापना गर्नु पर्दछन्।

स्वास्थ्य शिविरहरूबाट स्थानीय समुदायमा स्वास्थ्यप्रति जागरूकता बढाउने र स्वास्थ्य सेवामा दीर्घकालीन सुधार ल्याउने उद्देश्यले निवारण फाउण्डेसनले समन्वयात्मक रूपमा कार्य अघि बढाइरहेको छ।

निवारण फाउण्डेसनले पहिलो चरणमा ५२ जिल्लाका २७५ गाउँपालिकाहरूमा स्वास्थ्य शिविर सञ्चालन गर्ने लक्ष्य राखेको छ। यस शिविरमार्फत झण्डै ४,५०,००० ग्रामीण नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन्। स्वास्थ्य शिविरमा नेत्र विशेषज्ञ, नाक/कान/घाँटी विशेषज्ञ, जनरल मेडिसिन विशेषज्ञ, दन्त विशेषज्ञ तथा सर्जनहरू सहितका दक्ष स्वास्थ्यकर्मीहरू परिचालित गरिने छन्।

स्वास्थ्य शिविरमा विरामीहरूलाई विरामी दर्ता र सामान्य शारीरिक परीक्षण, रक्तचाप, रगत, पिसाब तथा अक्सिजन स्तर परीक्षण, आँखाको दृष्टि परीक्षण, कानको सुन्ने क्षमता परीक्षण, दाँतको परीक्षण, एक्स-रे तथा अन्य उपकरणद्वारा स्वास्थ्य परीक्षण, जटिल अवस्थाको पहिचान र रेफेरल सेवा लगाएत सेवा प्रदान गरिने छ ।