२९ श्रावण २०८३, शुक्रबार
,
Latest
‘निर्वाचन आयोगको निर्णय त्रुटिपूर्ण छ, गगन थापाले गल्ती सच्याउनुपर्छ’-नेता सिटौला काँग्रेसलाई एकतावद्ध बनाउन देउवाको भुमिका निर्णायकः लेखक १४ औँ महाधिवेशनको समिति पुनस्र्थापित नभएसम्म पार्टी एकता सम्भव छैनः नेता साउद शङ्खरापुर नगरपालिकाको वार्षिक प्रगति ७७ प्रतिशत : २१४ सडक–पुल पूर्वाधार सम्पन्न आँधीखोलाले बगाएका युवक मृत अवस्थामा फेला हेटौँडा कपडा उद्योग सञ्चालनसँगै कपास खेतीमा जोड, व्यवसायीलाई खेती गर्न उद्योगमन्त्री यादवको आह्वान सरकारी सूचना प्रवाहलाई चुस्त तुल्याउन सम्पादकहरूको सुझाव ‘ग्यासको आपूर्ति निरन्तर बढिरहेको छ, अनावश्यक सञ्चय नगरौँ’ ‘ब्याट्री व्यवस्थापनमा सवारी आयातकर्ताले अनिवार्य लगानी गर्नुपर्ने व्यवस्था गर्नुपर्छ‘ ईभीको ब्याट्री दर्ता र ट्याक गर्ने सिस्टम आवश्यक छ: सुरेश श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक हजार ६ सय किलो गाँजासहित दुईजना पक्राउ



अ+ अ-

बनियानी (झापा) : सशस्त्र प्रहरी बलले एक हजार ६३६ किलो गाँजासहित झापाबाट दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले सो परिमाणको गाँजासहित बुद्धशान्ति गाउँपालिका–४ मेची राजमार्गबाट दुई  ट्रकसहित दुवैजनालाई नियन्त्रणमा लिएको हो ।

इलामबाट झापातर्फ आउँदै गरेको को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरको ट्रकबाट सशस्त्र प्रहरी बलको टोलीले शुक्रबार उनीहरुलाई नियन्त्रणमा लिएको किलो गाँजा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनीका सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाईँले जानकारी दिनुभयो । पक्राउ पर्नेमा धनकुटाको शहिदभूमि नगरपालिका–४ का महेश राई र इलामको माईजोगाई गाउँपालिका–२ का गङ्गाबहादुर बस्नेत रहेका छन् ।

प्रहरीले जाँच गर्दा ट्रकमा ५७ बोरामा राखेर ल्याउँदै गरेको गाँजा बरामद गरेको हो । प्रहरीले उनीहरुको साथबाट रू ८७ हजार र पाँच थान मोबाइल समेत बरामद गरेको छ । उनीहरुलाई ट्रकसहित आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा बुझाइएको छ ।रासस