१२ चैत्र २०८१, मंगलवार
March 25, 2025 Tuesday

15.59°C

काठमाडौं

15.59°C

Kathmandu

Feels-like: 14.12

Wind: 2.06

Humidity: 35

Latest
विश्व समुदाय मिलेर कार्बन उत्सर्जन घटाउनुपर्छ : वनमन्त्री शाही कम स्रोतबाट धेरै नागरिक लाभान्वित हुने गरी काम गरौँ: उपप्रधानमन्त्री सिंह एक करोड बराबरको अवैध सामान बरामद खड्का गाउँमा भएको हत्याको घटनामा संलग्न रहेको अभियोगमा १६ जना पक्राउ बोआओ फोरममा चीनका लागि नेपाली राजदूत ओली सहभागी विश्व समुदाय मिलेर कार्बन उत्सर्जन घटाउनुपर्छ : वनमन्त्री शाही प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक शाक्यद्वारा शपथग्रहण हुलाकी राजमार्ग आयोजना समयमा नै सम्पन्न गर्नुपर्नेमा सांसदहरूको जोड राजसंस्था र हिन्दू राष्ट्रको समर्थन तथा संघीयताको विरोधमा हुने सबै आन्दोलनमा राप्रपाको समर्थन रहने नरैनापुरमा १७ घरगोठ जलेर नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस मनाइयो



अ+ अ-

काठमाडौँ: काठमाडौँस्थित भारतीय राजदूतावासद्वारा शुक्रबार साँझ एक समारोहकाबीच ६०औँ भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस मनाएको छ ।

समारोहमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतमा अध्ययन गर्दाको आफ्नो अनुभवलाई स्मरण गर्दै विकास र शिक्षाको क्षेत्रमा भारत सरकारको असङ्ख्य पहलको लागि कृतज्ञता व्यक्त गर्नुभयो ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आइटेक पहललाई थप विस्तार गर्ने र नेपाल सरकारको विकसित प्राथमिकताअनुसार थप अनुकूलित कार्यक्रम प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

महान्यायाधिवक्ता रमेश बडाल, राष्ट्रिय सुरक्षा परिषद् सचिवालयका सहायक संयोजक तथा आइटेकका पूर्वविद्यार्थी सहायक रथी पवन खत्री र सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी उपरीक्षक दयाराम शर्माले आइटेकका बारेमा आफ्ना अनुभव सुनाउनुभयोे ।

समारोहमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद्वारा समर्थित प्रख्यात कलाकार कुलेश्वरकुमार ठाकुरको नेतृत्वमा भारतको सांस्कृतिक समूह ‘यज्ञ’द्वारा मनमोहक मयूरभञ्ज छाऊ नृत्य प्रस्तुति गर्नुका साथै नेपालको प्रख्यात कान्त दब दब ब्यान्डद्वारा मन्त्रमुग्ध वाद्य लोक फ्युजन र ज्याज प्रस्तुत गरियो ।

सो अवसरमा सांसद, वरिष्ठ सरकारी अधिकारी, आइटेकका पूर्वविद्यार्थी र भारतीय शैक्षिक संस्थाका नेपाली पूर्वविद्यार्थी उपस्थित थिए ।

अन्तरराष्ट्रिय क्षमता निर्माणका लागि पुरानो संस्थागत व्यवस्थामध्ये एक रहेको आइटेक सन् १९६४ मा स्थापना भएका हो । जसले १६० भन्दा बढी देशका दुई लाख बढी अधिकारीलाई तालिम दिएको छ ।

सन् २०२४–२०२५ मा नेपालका ५१० जना विभिन्न  पेशाकर्मीलाई भारतका विभिन्न प्रमुख संस्थानमा विभिन्न कोर्षको लागि तालिम दिइएको थियो ।

सन् २०२४–२०२५ मा भारतका १० प्रमुख संस्थानमा नेपालका चिकित्सक (५०), सरकारी वकिल (३०), राष्ट्रिय न्यायिक प्रतिष्ठानका सदस्य (१५), नेपाल प्रहरी (१४३), सशस्त्र प्रहरी बल (८०), गृह मन्त्रालय (२४), खानेपानी मन्त्रालय (४०) का लागि १८ अनुकूलित कोर्षको व्यवस्था गरिएको थियो । नेपालबाट विगत १५ वर्षमा तीन हजारभन्दा बढी अधिकारीलाई आइटेक अन्तर्गत तालिम दिइएको छ ।रासस