८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार

पोखरा र चीनको लुझाउ नगरबीच पर्यटनलगायत क्षेत्रमा सहकार्य हुने

पोखरा र चीनको लुझाउ नगरबीच पर्यटनलगायत क्षेत्रमा सहकार्य हुने
अ+ अ-

सिचुवान। पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र चीनको सिचुुवान प्रान्तको लुझाउ नगर प्रमुख यु छिन्हीबीच लुझाउमा औपचारिक भेटवार्ता भएको छ ।

लुझाउ नगरको औपचारिक निमन्त्रणामा आउनुभएका महानगर प्रमुख आचार्य र उहाँसँग सहभागी प्रतिनिधिमण्डललाई लुझाउ नगर प्रमुख छिन्हीले स्वागत गर्नुभएको थियो ।

प्रतिनिधिमण्डलमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाइँ, पोखरा महानगरपालिकाका वडा नं २१ का वडा अध्यक्ष दीपक सुवेदी, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछाने, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराई लगायत सहभागी हुनुहुन्थ्यो ।

भेटमा महानगर प्रमुख आचार्यले नेपाल र चीन बीचको युगौँदेखिको सम्बन्ध भएको बताउँदै असलमित्र राष्ट्रका रुपमा आफूहरूले लिने गरेको बताउनुुभयो । पोखरा र लुुझाउ एक अर्कामा भगिनी सहर भएको बताउँदै उहाँले पोखराबाट सिचुवानको छेन्दुुमा सुरु गरिएको व्यावसायिक उडानले दुवै सहरबीचको सम्बन्धलाई अझै मजबुुद बनाउने बताउनुुभयो ।

पोखरा–छेन्दु नियमित उडानसँगै पोखरासँग लुझाउसँगको सम्बन्धलाई अझ नजिक बनाउने बताउँदै उहाँले यस उडानलाई नियमित गराउनका लागि साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । दुई भगिनी सहरबीचको सम्बन्धलाई आगामी दिनमा अझै उचो बनाउने कुरामा आफूहरू लागेको बताउँदै महानगरप्रमुख आचार्यले शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद लगायतका क्षेत्रमा साझेदारी बढाउनका लागि आग्रह गर्नुभयो ।

पोखरामा परम्परागत चिकित्सा पद्धतिमा विश्वास गरिने उल्लेख गर्दै उहाँले लुुझाउमा रहेको परम्परागत चिकित्सा प्रणालीका लागि सहकार्य बढाउन आँफूहरूले सहयोग गर्ने बताउनुुभयो । चीन सरकारले चिनियाँ नागरिकका लागि २०२५ लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको अवस्था एवं पोखरा महानगरपालिकाले पोखरा भ्रमण वर्ष २०२५ घोषणा गरेको बताउँदै उहाँले पोखरा सहित नेपालमा चिनीया पर्यटकको आगमन बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले लुझाउ नगर प्रमुख छिन्ही सहित प्रतिनिधिमण्डललाई पोखराको औपचारिक भ्रमणका लागि आग्रह गर्नुभयो ।

लुझाउ नगरका प्रमुख यु छिन्हीले पोखरासँगको द्विपक्षीय सम्बन्धलाई भगिनी शहरका रुपमा आगामी दिनमा अझै प्रगाढ बनाएर लैजाने विश्वास व्यक्त गर्नुभयो । पोखरासँग शिक्षा स्वास्थ्यसँगै पर्यटन, संस्कृति, कृषि, खेलकुुद आदि क्षेत्रमा सहकार्य गर्न आँफूहरू तयार रहेको उहाँको भनाइ छ ।

चीनमा परम्परागत चिकित्सा पद्धति लामो समयदेखि प्रभावकारी रुपमा सञ्चालन भइरहेको बताउँदै उहाँले नेपालको आयुर्वेदिक चिकित्सा पद्धतिसँग पनि सहकार्य गर्ने उहाँले बताउनुभयो । नेपालका भएका जडिबुटीबाट औषधी निर्माण, तथ्यांक संकलन जस्ता कुरामा सहकार्य बढाउन सकिने उहाँको भनाइ छ ।

पोखरासँग लुझाउकोे भौगोलिक अवस्थिति पनि मिल्दोजुुल्दो भएको बताउँदै उहाँले यहाँको जनसङ्ख्या ठूलो रहेको हुँदा राम्रो बजारीकरण हुुन सकेमा पर्यटनका क्षेत्रमा पनि महत्वपूर्ण सहयोग पुुग्न सक्ने उहाँले बताउनुभयो । पोखरा र लुझाउबीच पर्यटन एवं संस्कृति विभागबीच सहकार्य एवम् समन्वयका साथै त्यहाँका प्रवद्धनात्मक समाग्रीहरू पठाउन पनि उहाँले आग्रह गर्नुभयो ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले पोखराबाट चीनको छेन्दुसम्म सुरु भएको व्यावसायिक उडान आगामी दिनमा पोखरा र लुझाउको सम्बन्ध विस्तारका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताउनुुभयो । नेपाल चीनबीचको औपचारिक सम्बन्ध गाँसिएको ७०औँ वर्ष गाँठ मनाइरहँदा चीन सरकारले घोषणा गरेको नेपाल भ्रमण २०२५ र पोखरा महानगरपालिकाले घोषणा गरेको पोखरा भ्रमण वर्ष २०२५ समेतका कारण पोखरासहित नेपालमा चिनियाँ पर्यटकको आगमन बढ्ने विश्वास गरिएको उहाँको भनाइ छ ।

नेपालको पर्यटन बजारको महत्त्वपूर्ण स्रोत चीन भएको बताउँदै उहाँले चिनियाँ पर्यटकलाई लक्षित गरी होटेल रेष्टुरेण्ट एवं पर्यटक पथप्रदर्शकहरू तयार रहेको बताउनुभयो । लुझाउ र पोखराबीचको पर्यटकीय सम्बन्धलाई अघि बढाउनका लागि पोखरा–छेन्दु उडानलाई नियमित बनाउँदै अधिकतम पर्यटक पठाउनका लागि उहाँले आग्रह गर्नुभयो ।

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंले लुझाउ नगर प्रमुखसहितको प्रतिनिधि मण्डल चाँडै नै पोखरामा औपचारिक भ्रमणमा आउने विश्वास व्यक्त गर्दै आफूहरू स्वागतको पर्खाइमा रहेको बताउनुभयो ।

लुझाउ सहरको सुन्दरता र भइरहकेको विकास अद्भुत रहेको बताउँदै उहाँले यहाँ पोखराका लागि जान्ने र बुझ्ने कुरा धेरै पाइएको बताउनुभयो । पोखरा–छेन्दुु नियमति उडानका लागि लुझाउका तर्फबाट महत्त्वपूर्ण सहयोगको अपेक्षा गरिएको बताउँदै उहाँले यसले दुवै भगिनी सहरको सम्बन्धलाई अझै उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराईले पोखरामा चिनियाँ पर्यटक लक्षित पूर्वाधारहरू पर्याप्त रहेको बताउँदै आफूहरू चीनबाट अधिकतम पर्यटकको स्वागतको पर्खाइमा रहेको बताउनुुभयो । भेटमा लुुझाउ नगरका तर्फबाट साउथ वेष्ट मेडिकल युुनिभर्सिटीका अध्यक्ष हि ताओ, नगरका उपप्रमुख लुओ सुपिङलगायतको उपस्थिति रहेको थियो । रासस