८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार

पोखरामा अन्तरराष्ट्रिय नाटक महोत्सव

पोखरामा अन्तरराष्ट्रिय नाटक महोत्सव
अ+ अ-

गण्डकी। पर्यटकीय राजधानी पोखरामा शनिबारदेखि ‘पोखरा अन्तरराष्ट्रिय नाटक महोत्सव–२०८१’ आयोजना हुने भएको छ । पोखरा थिएटरको आयोजनामा हुने महोत्सव चार दिनसम्म सञ्चालन हुने महोत्सवका निर्देशक माधव कार्की (परिवर्तन) ले पोखरामा आयोजित पत्रकार भेटघाटमा जानकारी दिनुभयो ।

उहाँले पोखरालाई अन्तरराष्ट्रिय सांस्कृतिक तथा नाट्य पर्यटनको केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यले नाटक महोत्वस आयोजना गर्न लागिएको बताउनुभयो । पोखरा थिएटरमा हुने महोत्सवमा नेपालसहित चीन, ट्युनिसिया, नर्वे, जापानलगायत देशका नाटकहरू मञ्चन हुने जनाइएको छ ।

“महोत्सवमा विभिन्न विधाका छ नाटक प्रस्तुत हुनेछन्, पोखरालाई सांस्कृतिक पर्यटनका हिसाबले पनि चिनाउन यो महोत्सवले सघाउ पु¥याउनेछ”, निर्देशक परिवर्तनले भन्नुभयो, “मौलिक लोकधुनको प्रस्तुति, प्रदर्शनी, नाटक कार्यशालालगायतका कार्यक्रमलाई पनि महोत्सवमा समेटिएको छ ।” नाटक हेर्न आउने दर्शकलाई टिकटको प्रबन्ध गरिएको छ । महोत्सवमा कलाकार, रङ्गकर्मी, पर्यटन व्यवसायी र संस्कृतिप्रेमीहरूबीच नेपाली नाटक परम्पराबारे अन्तरक्रिया हुने आयोजकले जनाएको छ ।

महोत्सव आयोजना गर्न रू ३० लाख खर्च लाग्ने अनुमान गरिएको पोखरा थिएटरले जनाएको छ । पोखरा महानगरपालिका महोत्सव प्रवर्द्धकका रूपमा रहेको छ ।

यसअघि विसं २०७५ मा पहिलोपटक पोखरा अन्तरराष्ट्रिय नाटक महोत्सव गरिएको थियो । महोत्सवको पहिलो दिन शनिबार पोखरा थिएटरको प्रस्तुतिमा उद्घाटन नाटकस्वरूप मुनामदन नाटक मञ्चन गरिने निर्देशक परिवर्तनले जानकारी दिनुभयो । महोत्सवमा विभिन्न देशका कलाकार तथा नाट्यकर्मीहरूको सहभागिता रहने जनाइएको छ । रासस