१० चैत्र २०८१, आईतवार
March 23, 2025 Sunday
Latest
राष्ट्रपति समक्ष प्रधानमन्त्रीबाट सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेश सुशासन कायम गर्न अवरोध सिर्जना गरेका कारण सुशसान प्रवद्र्धनसम्बन्धी विधेयकः मन्त्री गुरुङ मन्त्रालय र प्राधिकरणबीचको विवादबाट नेपालसँग पर्याप्त बिजुली नभएको स्पष्ट भयोः अध्यक्ष कार्की हत्याको प्रमाण नभेटिएको भन्दै सीबीआईले बन्द गर्यो सुशान्त सिंह राजपूतको केस सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक राष्ट्रियसभाबाट बहुमतले पारित लेबनानमा इजरायली हवाई आक्रमणमा छ जनाको मृत्यु, २८ जना घाइते विकासको गतिमा देश अगाडि बढेको छ, देखिएका समस्या समाधान गरिन्छ : प्रधानमन्त्री पाँच दिनदेखि बेपत्ता भारतीय युुवक कालीगण्डकीमा मृत फेला बारामा एघार हजार मेट्रिकटन तेलहन उत्पादन मुस्ताङको कागबेनी स्नानस्थल जोखिमपूर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा अन्तरराष्ट्रिय नाटक महोत्सव



अ+ अ-

गण्डकी। पर्यटकीय राजधानी पोखरामा शनिबारदेखि ‘पोखरा अन्तरराष्ट्रिय नाटक महोत्सव–२०८१’ आयोजना हुने भएको छ । पोखरा थिएटरको आयोजनामा हुने महोत्सव चार दिनसम्म सञ्चालन हुने महोत्सवका निर्देशक माधव कार्की (परिवर्तन) ले पोखरामा आयोजित पत्रकार भेटघाटमा जानकारी दिनुभयो ।

उहाँले पोखरालाई अन्तरराष्ट्रिय सांस्कृतिक तथा नाट्य पर्यटनको केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यले नाटक महोत्वस आयोजना गर्न लागिएको बताउनुभयो । पोखरा थिएटरमा हुने महोत्सवमा नेपालसहित चीन, ट्युनिसिया, नर्वे, जापानलगायत देशका नाटकहरू मञ्चन हुने जनाइएको छ ।

“महोत्सवमा विभिन्न विधाका छ नाटक प्रस्तुत हुनेछन्, पोखरालाई सांस्कृतिक पर्यटनका हिसाबले पनि चिनाउन यो महोत्सवले सघाउ पु¥याउनेछ”, निर्देशक परिवर्तनले भन्नुभयो, “मौलिक लोकधुनको प्रस्तुति, प्रदर्शनी, नाटक कार्यशालालगायतका कार्यक्रमलाई पनि महोत्सवमा समेटिएको छ ।” नाटक हेर्न आउने दर्शकलाई टिकटको प्रबन्ध गरिएको छ । महोत्सवमा कलाकार, रङ्गकर्मी, पर्यटन व्यवसायी र संस्कृतिप्रेमीहरूबीच नेपाली नाटक परम्पराबारे अन्तरक्रिया हुने आयोजकले जनाएको छ ।

महोत्सव आयोजना गर्न रू ३० लाख खर्च लाग्ने अनुमान गरिएको पोखरा थिएटरले जनाएको छ । पोखरा महानगरपालिका महोत्सव प्रवर्द्धकका रूपमा रहेको छ ।

यसअघि विसं २०७५ मा पहिलोपटक पोखरा अन्तरराष्ट्रिय नाटक महोत्सव गरिएको थियो । महोत्सवको पहिलो दिन शनिबार पोखरा थिएटरको प्रस्तुतिमा उद्घाटन नाटकस्वरूप मुनामदन नाटक मञ्चन गरिने निर्देशक परिवर्तनले जानकारी दिनुभयो । महोत्सवमा विभिन्न देशका कलाकार तथा नाट्यकर्मीहरूको सहभागिता रहने जनाइएको छ । रासस




भर्खरै