२४ भाद्र २०८३, बुधबार
,
Latest
एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी विश्वमै असाधारण विपत्ति : टनेल विशेषज्ञ आर्नोल्ड डिक्स रास्वपालाई विपद्‌मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन कांग्रेसभित्रका मतभेद संवादबाटै समाधान गर्छौँ: देउवा विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले सिंगापुरलाई पहिलो पटक हराउँदै ऐतिहासिक जित हासिल गर्यो



अ+ अ-

काठमाडौं। नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा ऐतिहासिक जित निकाल्दै सिंगापुरलाई १-० ले पराजित गरेको छ।

खेलको एक मात्र निर्णायक गोल जिलेस्पी जंग कार्कीले गरे। शुक्रबार साँझ सिंगापुरको नेशनल स्टेडियममा भएको खेलमा फिफा वरियतामा १५ स्थान माथि रहेको सिंगापुरलाई हराउँदै नेपालले ऐतिहासिक सफलता हात पारेको हो।

नेपालका लागि खेलको १२औं मिनेटमा जिलेस्पीले गोल गरे। मनिष डाँगीको उत्कृष्ट क्रसमा जिलेस्पीले पेनाल्टी बक्सभित्र वान टच फिनिश गर्दै नेपाललाई अग्रता दिलाए।

त्यसपछि पनि नेपालले केही अवसरहरू सिर्जना गरे पनि गोल गर्न सकेन। सिंगापुरले घरेलु मैदानमा बराबरी गोल फर्काउने प्रयास गरेपनि नेपाली डिफेन्स र कप्तान किरण चेम्जोङको उत्कृष्ट प्रदर्शनका कारण असफल रह्यो।

यो जित नेपालका लागि विशेष रह्यो, किनभने यसअघि खेलेका तीन अफिसियल खेलमा नेपाल सिंगापुरसँग पराजित भएको थियो। नेपालमा भएको सिल्भर जुब्ली कपमा मात्र दुवै टोलीले बराबरी खेलेका थिए।

एफसी एसियन कप छनोट अन्तर्गत मलेसिया विरुद्धको खेलअघि नेपालले तयारीस्वरूप यो मैत्रीपूर्ण खेल खेलेको हो। अब नेपाल उच्च मनोबलका साथ छनोट खेलमा सहभागी हुनेछ।