५ पुष २०८२, शनिबार
,
Latest
संवैधानिक कमजोरी सच्याउँदै राष्ट्रपतिबाट संसद् पुनर्स्थापनाको घोषणा गर्नुपर्छ–एमाले राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिर्गाैलासम्बन्धी उपचारमा नेपालले क्रमिक उपलब्धि हासिल गरेको छ: प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैलासम्बन्धी उपचार र हेरचाहमा नेपालले प्रगति गर्दै गएका सन्तोष व्यक्त गर्दै नेपाल सम्भवतः विश्वमै सुलभ मूल्यमा स्वास्थ्य सेवा दिने मुलुक पर्ने बताउनुभएको छ ।

नेपाल सोसाइटी अफ नेफ्रोलोजीको पाँचौ सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गरिबीको निवारणसहित स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउँदै निरोगी नेपालको अभियानलाई सार्थक तुल्याउन जोड दिनुभयो ।

दुई पटक मिर्गाैला प्रत्यारोपण गराउनुभएका प्रधानमन्त्री ओलीले पहिलो प्रत्यारोपण गराउँदा नेपालमा सुविधा नभएकाले भारतमा गरेको र दोस्रो पटक सुविधा उपलब्ध भएपछि नेपालमै प्रधानमन्त्रीका हैसियतमा प्रत्यारोपण गराउँन पाउँदा गर्भ महसुुस भएको उल्लेख गर्नुभयो ।

सम्मेलनबाट प्राप्त निष्कर्षहरु सरकारलाई नीतिगत सुधारका लागि उपयोगी हुने बताउँदै प्रधानमन्त्री ओलीले मिर्गाैला रोग विशेषज्ञका साथमा सरकार सदैव रहने स्पष्ट गर्नुभयो ।

कार्यक्रममा समाजका अध्यक्ष प्रा डा दिव्या सिंह शाहले दक्षिण एसियामा मिर्गाैला रोगको समस्या र निदानका प्रयासबारे प्रस्तुतिकरण गर्नुभएको थियो ।