१० चैत्र २०८१, आईतवार
March 23, 2025 Sunday

22.39°C

काठमाडौं

22.39°C

Kathmandu

Feels-like: 21.39

Wind: 4.12

Humidity: 27

Latest
सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक राष्ट्रियसभाबाट बहुमतले पारित लेबनानमा इजरायली हवाई आक्रमणमा छ जनाको मृत्यु, २८ जना घाइते विकासको गतिमा देश अगाडि बढेको छ, देखिएका समस्या समाधान गरिन्छ : प्रधानमन्त्री पाँच दिनदेखि बेपत्ता भारतीय युुवक कालीगण्डकीमा मृत फेला बारामा एघार हजार मेट्रिकटन तेलहन उत्पादन मुस्ताङको कागबेनी स्नानस्थल जोखिमपूर्ण खानेपानी संस्थानको विनियमावली कार्यान्वयनमा लैजान मन्त्री यादवको निर्देशन सांसद चन्दको प्रश्नः शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक कता हरायो पूर्वराजालाई पार्टी अध्यक्ष बनाउन राप्रपालाई देउवाको सुझाव ६६ लाख ५९ हजारले लिए स्थायी लेखा नम्बर, सात महिनामै ४ लाख २६ हजार करदाता…
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुक विकासको मार्गमा अघि बढिरहेको छ-गगन थापा



अ+ अ-

नवलपरासी। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पछिल्लो समय मुलुक विकासको मार्गमा अघि बढिरहेको बताउनुभएको छ ।

पश्चिम नवलपरासीको परासीमा आज आयोजित कांग्रेस नवलपरासी प्रतिनिधिसभा क्षेत्र नं २ को प्रथम क्षेत्रीय सम्मेलनमा उहाँले स्वास्थ्य, शिक्षा, सडक, कृषि, सिँचाइ, सामाजिक, आर्थिक तथा भौतिक पूर्वाधारलगायत क्षेत्रमा विकास हुँदै गएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “२०४६ सालपछि देशमा, स्वास्थ्य, शिक्षा, सडक, कृषि, सिँचाइ, सामाजिक, आर्थिक तथा भौतिक पूर्वाधारलगायत क्षेत्रमा उल्लेख्य मात्रामा विकास भएको छ । हामीले केही भएको छैन भन्नुभन्दा विकासले गति लिँदैछ भन्नु आवश्यक छ ।” नेपाली युवालाई मुलुकमा विकास भएको छैन भनेर गलत सन्देश कसैले प्रवाह गर्न नहुने धारणा राख्दै महामन्त्री थापाले युवाका लागि स्वरोजगारका अवसर सृजना गरी विदेश पलायनदर रोक्न सबैले सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिनुभयो ।

हामी सामाजिक सञ्जालमा बढी समय बिताउँछौँ । सामाजिक सञ्जालको सही उपयोग नगरी देशमा विकास भएको छैन भनेर सन्देश प्रवाह कसैले नगरौँ । हामीले विगत र वर्तमान अवस्थालाई विश्लेषण गरौँ अनि मुलुकमा सकारात्मक परिवर्तनसँगै विकास भएको छ कि छैन आफैँ मूल्याङ्कन गरौँ”, उहाँले भन्नुभयो ।

राजनीतिक दलसँगै तीनै तहका सरकारले नागरिकका कुरा सुनेर असन्तुष्टिलाई सन्तुष्टिमा बदल्ने प्रयास गर्नुपर्नेमा जोड दिँदै महामन्त्री थापाले आमनागरिकले पनि यही अपेक्षा गरेका बताउनुभयो । मुलुकमा रहेका बेथिति र समस्या समाधान गर्न वर्तमान सरकार लागिपरेको भन्दै उहाँले सरकारलाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । रासस