२० मंसिर २०८२, शनिबार
,
Latest
अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोरीका मोबाइल तथा ल्यापटप सहित ७ जना नियन्त्रणमा



अ+ अ-

काठमाडौं। काठमाडौं प्रहरीले ठूलो मात्रामा चोरी भएका मोबाइल, ल्यापटप र ट्याब्लेट बरामद गर्दै सात जनालाई पक्राउ गरेको छ।

शुक्रबार फेसबुक लाइभ गर्दै जिल्ला प्रहरी परिसरले यसबारे जानकारी दिएको हो। पक्राउ पर्नेहरूमा काभ्रेका प्रमोद परियार, गुनराज न्यौपाने, रौतहटका हेमन्त राना मगर, दोलखाका शम्भु विश्वकर्मा र सबिन पाण्डे, सिन्धुपाल्चोकका राजेश चालिसे, र काठमाडौंका प्रकाश कटवाल रहेका छन्।

उपत्यकामा पछिल्लो समय मोबाइल चोरीका घटना बढ्दै गएको गुनासोपछि विशेष अपरेसन सञ्चालन गर्दा एउटै रिपेयरिङ सेन्टरबाट ३०० बढी चोरीका डिभाइस फेला परेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख विश्व अधिकारीले जानकारी दिए।

उनका अनुसार प्रहरीले जगातीस्थित सरोज मोबाइल रिपेयरिङ सेन्टरमा छापा मारेर २७१ थान मोबाइल, ९ थान ट्याब्लेट, र १५ थान ल्यापटप बरामद गरेको हो।

कोटेश्वरबाट ठिमी जाँदै गरेको सार्वजनिक बसमा यात्रा गरिरहेका व्यक्तिको मोबाइल चोरी भएको सूचना प्राप्त भएपछि अपरेसन सुरु गरिएको उनले बताए। तत्काल प्रहरी परिचालन गरी अनुसन्धान थाल्दा सात जना संलग्न व्यक्तिहरूलाई पहिचान गरिएको उनले उल्लेख गरे।

पक्राउ परेकाहरूले चोरी भएका मोबाइलहरू सरोज मोबाइल रिपेयरिङ सेन्टरमा बिक्री गर्ने गरेको खुलासा गरेपछि प्रहरीले उक्त पसलमा छापा मारेको थियो।

बरामद भएका मोबाइलहरूमध्ये सामसङ ८३ थान, आइफोन १८ थान, साओमी १९ थान, एमआई १५ थान, वनप्लस ४ थान, ओप्पो १८ थान, भिभो १४ थान, आइटेल ६ थान, रियलमी ८ थान, इन्फिनिक्स ३ थान, माइक्रोम्याक्स २ थान, लाभा १० थान, नोकिया ५ थान, पोको २ थान, अनर ३ थान, जियोनी ७ थान, कलर्स ४ थान, मोटोरोला ५ थान, टेक्नो २ थान, भिटु १ थान, कुलप्याड १ थान, ए प्लस १ थान, टिसिएल १ थान, र ४ थान नाम नखुलेका ब्रान्डका रहेका छन्।

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।