८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार

दोस्रो चरणको भूतपूर्व सैनिक सम्मेलन सम्पन्न

दोस्रो चरणको भूतपूर्व सैनिक सम्मेलन सम्पन्न
DRM
अ+ अ-

सुर्खेत। नेपाली सेना कल्याणकारी बोर्डको समन्वय तथा संयोजकत्वमा उत्तरपश्चिम पृतना सुर्खेतमा आज आयोजित दोस्रो चरणको ‘भूतपूर्व सैनिक सम्मेलन–२०८१’ सम्पन्न भएको छ ।

सुर्खेतसँगै नेपालगन्ज, दैलेख, कालीकोट, जुम्ला, मुगु, डोल्पा र हुम्ला उपकेन्द्रमा एकैसाथ सुरू भएको सम्मेलन ती जिल्लामा बसोबास गर्ने भूतपूर्व सैनिक तथा सैनिक एकल महिलाको सहभागितामा सम्पन्न भएको हो ।

सम्मेलनलाई सम्बोधन गर्दै प्रधानसेनापति अशोकराज सिग्देलले भूपू सैनिक सम्मेलन नेपाली सेनाबाट अवकाशप्राप्त सैनिकको विशेष पुनर्मिलन कार्यक्रमका रूपमा रहँदै आएको बताउनुभयो । उहाँले सम्मेलनमा अवकाशप्राप्त सकल दर्जा तथा परिवारजनसँग प्रत्यक्ष भेटघाट र अन्तरक्रियाले हामीबीचमा रहेको भावनात्मक सम्बन्धलाई थप मजबुद बनाउनाका साथै संस्थागत प्रयासमा समेत योगादन पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

“भूपू सम्मेलन हामीबीचको पुनर्मिलनको महत्त्वपूर्ण अवसर हुनाका साथै एकापसमा अनुभव साट्ने एवं बहालवाला र अवकाशप्राप्त सैनिकबीच सामिप्यताको भावन थप जागृत गराउने अवसर हो”, उहाँले भन्नुभयो ।

प्रधानसेनापतिले कल्याणकारी कोषको मितव्ययी र पारदर्शी प्रयोगबाट कोषको दिगोपन तथा सेवा सुविधालाई निरन्तरता दिई थप व्यवस्थित गर्ने योजना भइरहेको बताउँदै स्रोतको सीमितताका बाबजुद हिताधिकारीबाट प्राप्त राय सुझावलाई चरणबद्ध रूपमा सम्बोधन गर्दै लैजाने जानकारी गराउनुभयो ।

नेपाली सेना कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत एवं अवकाशप्राप्त रथी गौरव तण्डुलले कल्याणकारी कोषको रकमलाई आयमूलक क्षेत्रमा लगानी गर्न, कल्याणकारी कार्यलाई दिगो तथा परिणाममुखी बनाउने उद्देश्यका साथ शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार र सुविधा तथा सहुलियतलाई क्रमशः विस्तार एवं सेवामुखी बनाउने प्रयास भइरहेको स्पष्ट पार्नुभयो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकसँगको सहकार्यमा सञ्चालित विभिन्न सहुलियतपूर्ण कर्जा कार्यक्रममा हालसम्म अवकाश प्राप्त र एकल महिलातर्फ २३ हजार एक सय ८५ र वहालवालातर्फ १० हजार ९४ गरी ३३ हजार दुई सय ७९ जनाले रू सात अर्ब ६७ करोड ६२ लाख ९५ हजार कर्जा सुविधा लिएको उहाँले जानकारी दिनुभयो ।

उद्यमशीलता कर्जातर्फ हालसम्म अवकाशप्राप्त सैनिकका परिवार तथा एकल महिलातर्फ दुई हजार ७४ र वहालवाला सैनिकका परिवारतर्फ एक हजार दुई हजार ७४ गरी तीन हजार तीन सय ४८ जनाले रू दुई अर्ब ६८ करोड ४९ लाख कर्जा सुविधा लिएका छन् ।

आव २०७२/७३ देखि सुरू भएको उद्यमशीलता तथा व्यावसायिक सीप विकास तालिम कार्यक्रमबाट गत फागुनसम्म २१ हजार एक सय ६३ जनाले विभिन्न तालिमप्राप्त गरिसकेको छन् । “यस तालिमलाई थप प्रभावकारी बनाउन हिताधिकारीका इच्छा र आवश्यकता विश्लेषण गरी परिमार्जन गर्दै लगिएको छ”, प्रमुख कार्यकारी अधिकृत तण्डुलले भन्नुभयो ।

उत्तरपश्चिम पृतनापति अनुपजङ्ग थापाले भूपू सैनिकले आयआर्जनका लागि कृषि, विभिन्न व्यवसाय र उद्योग सञ्चालन गरी रोजगारीका अवसर सृजना गर्न सकेको देख्दा सिङ्गो सङ्गठन गौरवान्वित भएको बताउनुभयो । सैनिक कल्याणकारी कोषमार्फत हिताधिकारीलाई लक्षित गरी विभिन्न कल्याणकारी कार्य सञ्चालन भइरहेको जानकारी दिँदै उहाँले ती कार्यलाई थप परिस्कृत र परिमार्जित गर्दै लैजान सैनिक कल्याणकारी निर्देशनालयले विशेष भूमिका निर्वाह गरिरहेको स्पष्ट पार्नुभयो ।

“आर्थिक अवस्था सुदृढीकरणको अभिलाषा, व्यावसायिक सीपको कमी र लगानी सुनिश्चितता महसुस नगर्नुलगायत कारणले अवकाशपश्चात वैदेशिक रोजगारीमा संलग्न हुनुपरेको बाध्यताबारे सङ्गठन जानकार छ”, पृतनापति थापाले भन्नुभयो, “आफूसँग भएको सीपलाई स्वदेशमा नै परिश्रम गरी व्यवसायतर्फ उन्मुख गराई भूपू सैनिकको सामाजिक र आर्थिक स्तरोन्नति गर्ने अभिप्रायका साथ सञ्चालन गरिएका सहुलियपूर्ण ऋण कार्यक्रमबाट बढीभन्दा बढी लाभ लिन आग्रह गर्दछु ।”

सम्मेलनमा बाँके निवासी ८७ वर्षीय हुद्धा भक्तबहादुर गुरूङ र सुर्खेत निवासी ९६ वर्षीय एकल महिला अमृता सलामी मगरलाई ज्येष्ठ भूतपूर्व सैनिक सम्मान गरिएको थियो । सर्वोत्कृष्ट/उत्कृष्ट उद्यमी/व्यवसायी सुर्खेत निवासी हुद्धा कृष्णबहादुर रमौली र दिवङ्गत सिपाही कुलबहादुर घर्तीकी श्रीमती शोभा बिसीलाई प्रशंसापत्र एवं पुरस्कार वितरण गरिएको थियो ।

सोही क्रममा चार वा सोभन्दा बढी सन्तति नेपाली सेनामा रहेका तीन जना अभिभावकलाई सम्मान, फरक क्षमता भएका तथा अशक्त १० जनालाई ह्वीलचेयर, बैसाखी तथा आर्थिक सहयोग वितरण गरिएको थियो । सहुलियतपूर्ण कर्जा कार्यक्रमअन्तर्गत पाँच जना व्यवसायीलाई उद्यमशील कर्जाको चेक हस्तान्तरण गरिएको थियो । त्यस अवसरमा भूपू सैनिकका तर्फबाट मार्चपाष्टलगायत विविध सांस्कृतिक झाँकी र सैनिक ब्यान्डको प्रस्तुति गरिएको थियो ।

यसअघि बिहीबार सुदूरपश्चिम पृतनाअन्तर्गत पहिलो चरणको भूपू सैनिक सम्मेलन धनगढीमा सम्पन्न भएको थियो । रासस