१० चैत्र २०८१, आईतवार
March 23, 2025 Sunday
Latest
सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक राष्ट्रियसभाबाट बहुमतले पारित लेबनानमा इजरायली हवाई आक्रमणमा छ जनाको मृत्यु, २८ जना घाइते विकासको गतिमा देश अगाडि बढेको छ, देखिएका समस्या समाधान गरिन्छ : प्रधानमन्त्री पाँच दिनदेखि बेपत्ता भारतीय युुवक कालीगण्डकीमा मृत फेला बारामा एघार हजार मेट्रिकटन तेलहन उत्पादन मुस्ताङको कागबेनी स्नानस्थल जोखिमपूर्ण खानेपानी संस्थानको विनियमावली कार्यान्वयनमा लैजान मन्त्री यादवको निर्देशन सांसद चन्दको प्रश्नः शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक कता हरायो पूर्वराजालाई पार्टी अध्यक्ष बनाउन राप्रपालाई देउवाको सुझाव ६६ लाख ५९ हजारले लिए स्थायी लेखा नम्बर, सात महिनामै ४ लाख २६ हजार करदाता…
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभाको दोस्रो बैठक सूचना टाँस गरी स्थगित



photo: rss
अ+ अ-

काठमाडौँ। आज साँझ ५ बस्ने गरी तय भएको राष्ट्रियसभाको दोस्रो बैठक सूचना टाँस गरी स्थगन भएको छ ।

सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयले विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसकेपछि आइतबार दिउँसो १२ बजेर १५ मिनेटमा अर्को बैठक बस्ने निर्धारण गरिएको जानकारी दिनुभयो ।

राष्ट्रियसभा नियमावली र प्रतिनिधिसभा नियमावली बाझिएको भन्दै राष्ट्रियसभा आजको बैठक १५ मिनेटका लागि स्थगन भएको थियो । त्यसपछि ३ः३० बजे बस्ने भनिएको बैठक बस्न सकेको थिएन ।

प्रतिस्थापन विधेयकसम्बन्धी व्यवस्थाबारे राष्ट्रियसभा नियमावली, २०७५ र प्रतिनिधिसभा नियमावली, २०७९ का प्रावधान बाझिएको भन्दै सांसद रेणु चन्दले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ९३ मा अध्यादेशमार्फत ल्याइएको विधेयकलाई प्रतिस्थापन विधेयकका रूपमा संसद्मा ल्याउनुपर्ने भए पनि ‘प्रतिस्थापन विधेयक’ भन्ने शब्द नराखिएकाले छलफल हुन नसक्ने भन्दै नियमापत्ति गर्नुभएको थियो ।

आजको बैठक स्थगन भएकाले कार्यसूचीमा रहेको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत हुन सकेन । रासस