२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेस प्रदेशमा कार्यरत सिनियर अहेब र अनमीहरूहरुद्वारा विरोध प्रदर्शन



अ+ अ-

काठमाडौँ । मधेस प्रदेशमा कार्यरत सिनियर अहेब र अनमीहरू स्थानीय सेवा ऐन, २०८१ को त्रुटीका कारण आफ्नो स्तरवृद्धि रोकिएको भन्दै आन्दोलनमा उत्रिएका छन् ।

सिनियर अहेब तथा अनमी संघर्ष समिति का संयोजक मोहन साहकाअनुसार स्वास्थ्य सेवा ऐन, २०५३ मा उल्लेखित तह मिलानको सामान्य सिद्धान्तलाई मधेश प्रदेश सरकारले ल्याएको स्थानीय सेवा ऐनले तोडेको आरोप लगाइएको हो ।

स्थानीय सेवा ऐन, २०८१ अनुसार तह मिलान र स्तरवृद्धिको व्यवस्था गरिएको भए पनि संघीय र प्रदेशस्तरीय निकायहरूले स्पष्ट निर्देशन नदिँदा अन्योलता बढेको उनीहरूको गुनासो छ । अन्य छ वटै प्रदेशमा नभएको विभेदकारी व्यवस्था लागू गरिएको भन्दै बिरोध गरिएको छ । संघीय स्वास्थ्य सेवा ऐन, २०५३ को मर्मविपरीत ल्याइएको यो प्रावधान स्वास्थ्यकर्मीहरूको मनोबल कमजोर बनाउने भन्दै संशोधन प्रश्ताव तत्काल फिर्ता नलिए थप आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

मधेस प्रदेशका १३६ वटै पालिकामा कार्यरत अहेब तथा अनमीहरू आफ्नो माग पूरा गराउन दबाब दिन मुख्यमन्त्री, प्रदेशसभा सभामुख तथा जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापनपत्र बुझाएका छन् ।




भर्खरै