१२ चैत्र २०८१, मंगलवार
March 25, 2025 Tuesday

13.75°C

काठमाडौं

13.75°C

Kathmandu

Feels-like: 12.22

Wind: 0.74

Humidity: 40

Latest
विश्व समुदाय मिलेर कार्बन उत्सर्जन घटाउनुपर्छ : वनमन्त्री शाही कम स्रोतबाट धेरै नागरिक लाभान्वित हुने गरी काम गरौँ: उपप्रधानमन्त्री सिंह एक करोड बराबरको अवैध सामान बरामद खड्का गाउँमा भएको हत्याको घटनामा संलग्न रहेको अभियोगमा १६ जना पक्राउ बोआओ फोरममा चीनका लागि नेपाली राजदूत ओली सहभागी विश्व समुदाय मिलेर कार्बन उत्सर्जन घटाउनुपर्छ : वनमन्त्री शाही प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक शाक्यद्वारा शपथग्रहण हुलाकी राजमार्ग आयोजना समयमा नै सम्पन्न गर्नुपर्नेमा सांसदहरूको जोड राजसंस्था र हिन्दू राष्ट्रको समर्थन तथा संघीयताको विरोधमा हुने सबै आन्दोलनमा राप्रपाको समर्थन रहने नरैनापुरमा १७ घरगोठ जलेर नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेस प्रदेशमा कार्यरत सिनियर अहेब र अनमीहरूहरुद्वारा विरोध प्रदर्शन



अ+ अ-

काठमाडौँ । मधेस प्रदेशमा कार्यरत सिनियर अहेब र अनमीहरू स्थानीय सेवा ऐन, २०८१ को त्रुटीका कारण आफ्नो स्तरवृद्धि रोकिएको भन्दै आन्दोलनमा उत्रिएका छन् ।

सिनियर अहेब तथा अनमी संघर्ष समिति का संयोजक मोहन साहकाअनुसार स्वास्थ्य सेवा ऐन, २०५३ मा उल्लेखित तह मिलानको सामान्य सिद्धान्तलाई मधेश प्रदेश सरकारले ल्याएको स्थानीय सेवा ऐनले तोडेको आरोप लगाइएको हो ।

स्थानीय सेवा ऐन, २०८१ अनुसार तह मिलान र स्तरवृद्धिको व्यवस्था गरिएको भए पनि संघीय र प्रदेशस्तरीय निकायहरूले स्पष्ट निर्देशन नदिँदा अन्योलता बढेको उनीहरूको गुनासो छ । अन्य छ वटै प्रदेशमा नभएको विभेदकारी व्यवस्था लागू गरिएको भन्दै बिरोध गरिएको छ । संघीय स्वास्थ्य सेवा ऐन, २०५३ को मर्मविपरीत ल्याइएको यो प्रावधान स्वास्थ्यकर्मीहरूको मनोबल कमजोर बनाउने भन्दै संशोधन प्रश्ताव तत्काल फिर्ता नलिए थप आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

मधेस प्रदेशका १३६ वटै पालिकामा कार्यरत अहेब तथा अनमीहरू आफ्नो माग पूरा गराउन दबाब दिन मुख्यमन्त्री, प्रदेशसभा सभामुख तथा जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापनपत्र बुझाएका छन् ।