२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन् २०२४ आप्रवासीका लागि घातक वर्ष: संयुक्त राष्ट्रसङ्घ



अ+ अ-

एजेन्सी । गत वर्ष आप्रवासीका लागि सबैभन्दा घातक वर्ष भएको र विश्वभर करिब नौ हजार मानिसको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको छ । यो रोकथाम योग्य भएपनि सहन नसकिने पीडा भएको राष्ट्रसङ्घले बताएको छ ।

“सन् २०२४ मा विश्वभर आप्रवासनका क्रममा कम्तीमा आठ हजार ९३८ जनाको मृत्यु भएको छ,” संयुक्त राष्ट्रसङ्घको आप्रवासन निकायले भनेको छ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन ९आईओएम० का उपनिर्देशक उगोची डेनियल्सले भन्नुभयो, “विश्वव्यापी आप्रवासीको मृत्युको बढ्दो सङ्ख्याको त्रासदी असह्य र रोकथाम योग्य दुवै छ।”

डेनियल्सले भन्नुभयो, “क्षति विनाशकारी छ तर हरेक मृतक सङ्ख्याको पछाडि कही न कही मानवीय कमजोरी नै कारक रहेको छ ।”

आईओएमले भनेको छ, ूआप्रवासीको मृत्यु र बेपत्ता हुनेको वास्तविक सख्या धेरै बढी हुन सक्छ, किनकि आधिकारिक स्रोतको अभावका कारण धेरै जना कागजातविहीन ठहर भएका छन्।”

अधिकांश पीडितको पहिचान र अन्य विवरण अज्ञात रहेको बताइएको छ ।

सन् २०२४ मा एसिया, अफ्रिका र युरोपमा क्रमशः दुई हजार ७ ७८, दुई हजार २४२ र २३३ जनाको मृत्यु भएको थियो ।

युरोप पुग्न चाहनेहरूका लागि मुख्य प्रवेशद्वार भूमध्य सागरमा दुई हजार ४५२ जनाको मृत्यु भएको जनाइएको छ ।

अमेरिकाको अन्तिम तथ्याङ्क उपलब्ध नभए पनि अहिलेसम्मको अनौपचारिक तथ्याङ्कअनुसार कम्तीमा एक हजार २३३ जनाको मृत्यु भएको छ ।

यसमा “सन् २०२४ मा क्यारेबियन क्षेत्रमा अत्यधिक ३४१ जनाको ज्यान गएको थियो र कोलम्बिया र पनामाको बीचमा डेरिएन जङ्गल पार गर्ने १७४ जना आप्रवासीहरूको मृत्यु रेकर्ड भएको थियो।

डारिएन जङ्गल कुनै समय संयुक्त राज्य अमेरिका पुग्न चाहने मानिसहरूको लागि मुख्य प्रवासी करिडोर थियो।




भर्खरै