२६ असार २०८३, शुक्रबार
,
Latest
उर्जा उत्पादकसँग प्रधानमन्त्री साहले भने–‘ जनतालाई कसरी प्रत्यक्ष लाभान्वित गराउन सकिन्छ, त्यसमै लागौँ’ गणेश नेपाली मृत्यु प्रकरणको जिम्मेवारी सरकारले लिनुपर्दछः एमाले सांसद सुब्बा सरकारले गणेश नेपाली मृत्यु प्रकरणको दोषीमाथि तत्काल कडा कारबाही गरोस्ः नेकपा सांसद विक राज्यको अमानवीय व्यवहारले नागरिक आत्मदाह गर्न बाध्य भए : योगेश भट्टराई आत्मदाह: व्यक्तिको अन्तिम निर्णय कि राज्य, नीति र समाजको सामूहिक असफलता? प्रधानमन्त्रीलाई काँग्रेस प्रमुख सचेतक थापाको प्रश्नः गणेश नेपाली मृत्य प्रकरणमा किन मौनता साँधेको ? गणेश नेपालीको घटनापछि सभापति थापाको आग्रह: दोषारोपण होइन, सामूहिक आत्मचिन्तन गरौँ बीमा, ओभरलोड र जरिवाना नीतिमा सुधार गर्न सरकारलाई ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँको सुझाव गणेश नेपालीको आत्महत्या राष्ट्रिय लज्जाको विषय: कुलमान घिसिङ गणेश नेपालीको आत्मदाह प्रकरण : अनुसन्धानका लागि तीन नगर प्रहरी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्क्रब टाइफसबाट एक बालिकाको मुत्यु



अ+ अ-

बैतडी । स्क्रब टाइफस रोगबाट बैतडीकी एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३ श्रीकोटकी १४ वर्षीया पुजा जोशी रहेकी छन् । पूजाको बुधबार उपचारका लागि कोहलपुर मेडिकल कलेज लग्दैगर्दा बाटोमै मृत्यु भएको हो । 

स्क्रब टाइफसबाट सङ्क्रमित बालिकालाई बैतडीबाट डडेल्धुरा अस्पताल हुँदै मङ्गलबार धनगढीको सारथी अस्पताल पुर्याइएको थियो । त्यहाँ पनि उपचार हुन नसकेपछि थप उपचारका लागि कोहलपुर लग्दैगर्दा बुधबार अपराह्न चिसापानीमा बालिकाको मृत्यु भएको पूजाका फुपाजु शङ्करदत्त भट्टले बताए । मृतक पूजाका बुबा रोजगारीको सिलसिलामा विदेश रहेका छन् ।

उनलाई उपचारका लागि आमा र हजुरबुबाले धनगढी पुर्याएका थिए ।




भर्खरै