२६ असार २०८३, शुक्रबार
,
Latest
गणेश नेपालीको निधनप्रति एमालेद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग ज्ञानेन्द्र शाहीको आरोपः सरकारका सबै निर्णयहरु अर्बपति र करोडपतिहरुको पक्षमा केन्द्रित छ सरकार ढुंगाजस्तै मौन भयो, नागरिकको पीडा समेत सुनुवाई भएनः सांसद रम्तेल प्रतिनिधिसभाः नेपालीको आत्मदाह र निधन भएको घटनाको छानबिन गर्न माग सभामुख अर्यालसँग संयुक्त अरब इमिरेट्सका विदेश व्यापार मन्त्री डा. थानी बिन अहमद अल जेयोउदीको शिष्टाचार… संसद्मा पुनको प्रश्न : प्रेम आचार्यको आत्मदाहमा राज्यलाई दोष दिने बालेन, गणेश नेपालीको घटनामा पनि… उर्जा उत्पादकसँग प्रधानमन्त्री साहले भने–‘ जनतालाई कसरी प्रत्यक्ष लाभान्वित गराउन सकिन्छ, त्यसमै लागौँ’ गणेश नेपाली मृत्यु प्रकरणको जिम्मेवारी सरकारले लिनुपर्दछः एमाले सांसद सुब्बा सरकारले गणेश नेपाली मृत्यु प्रकरणको दोषीमाथि तत्काल कडा कारबाही गरोस्ः नेकपा सांसद विक राज्यको अमानवीय व्यवहारले नागरिक आत्मदाह गर्न बाध्य भए : योगेश भट्टराई
तपाईं के खोज्दै हुनुहुन्छ ?

राज्यको अमानवीय व्यवहारले नागरिक आत्मदाह गर्न बाध्य भए : योगेश भट्टराई



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का नेता योगेश भट्टराईले राज्यको क्रुर र अमानवीय व्यवहारका कारण नागरिकहरू आत्मदाह र आत्महत्या गर्न बाध्य भइरहेको टिप्पणी गर्नुभएको छ।

शुक्रबार गणेश नेपालीकाे मृत्युपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै नेता भट्टराईले राज्य र सरकारले आफ्नो कार्यशैली तथा व्यवहार परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको हो।

उहाँले नेपालमा निरंकुश राणा शासन अन्त्यको आधार तयार पार्ने घटनाका रूपमा योगमाया न्यौपानेले अरुण नदीमा लिएको जलसमाधिको साहसिक निर्णयलाई स्मरण गर्दै इतिहासबाट राज्यले पाठ सिक्नुपर्ने उल्लेख गर्नुभएको छ।

नेता भट्टराईले संविधान, कानून, लोकतन्त्र, मानवअधिकार तथा नेपाली समाजले निर्माण गरेको सभ्यता र संस्कृतिको सम्मान गर्न सरकारलाई आग्रह गर्दै राज्यसँग कार्यशैली परिवर्तन गर्नुको विकल्प नरहेको बताउनुभएको छ।

उहाँले पछिल्लो घटनालाई संकेत गर्दै गणेश नेपालीहरू अब हेपिन तयार छैनन्भ न्दै नागरिकको पीडा, असन्तुष्टि र आक्रोशलाई राज्यले गम्भीर रूपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभएको छ।




भर्खरै