• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   राडीपाखी बुन्ने चलन हराउन थाल्यो ★   कारागार व्यवस्थापन विभागद्वारा कैदकट्टाका लागि ६२० जनाको नाम सिफारिस ★   दिल्ली अन्त: शुल्क मामिलामा सीबीआईद्वारा केजरीवाललाई अदालतबाट पक्राउ ★   मकवानपुरमा जङ्गली च्याउ खाँदा तीन जनाको मृत्यु, १६ बिरामी ★   दक्षिण अफ्रिकाको खराब कीर्तिमान भन्छ – अफगानिस्तान फाइनलमा पुग्नेछ ★   मदन भण्डारी राष्ट्रिय पुरस्कार कञ्चनजङ्घा चिया बगान तथा अनुसन्धान केन्द्र पुरस्कृत हुने ★   गलत बाटोबाट सही गन्तव्यमा पुगिँदैन, लागुऔषध त्यागेर समाज सुधारक बनौँ: उपप्रधानमन्त्री लामिछाने ★   टी–२० विश्कपः इंग्ल्याण्डलाई बाहिर पठाउन लागिपरेको अष्ट्रेलिया उल्टै आफैँ घर फर्कियो ★   नारायणगढ –मुग्लिन सडक अवरुद्ध ★   शासनको मर्यादा र सचिवको पद !

भारतमा एकैदिन थपिए ६७ हजारभन्दा बढी कोरोना संक्रमित



काठमाडौं । भारतमा हालसम्मकै सबैभन्दा धेरै मानिसमा कोरोना भाइरस संक्रमित फेला परेका छन् । भारतमा पछिल्लो २४ घण्टामा ६७ हजार हजारभन्दा बढी कोरोनाका नयाँ संक्रमित थपिएका हुन् ।

यो संख्या भारतमा एक दिनमै संक्रमित हुनेहरुमध्ये हालसम्मकै धेरै हो । यसअघि त्यहाँ जुलाई आठ तारिखमा सबैभन्दा बढी ६५ हजार १ सय ५६ जनामा संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमणबाट प्रभावित हुने देशहरुको सूचिको तेस्रो स्थानमा रहेको भारतमा संक्रमण पुष्टि भएकाहरुको संख्या २३ लाख ९५ हजार नाघेको छ ।

ब्राजिलमा ५८ हजारभन्दा बढीमा संक्रमण हुँदा अमेरिकामा ५४ हजारभन्दा बढी संक्रमित थपिएका छन् । बुधबार विश्वभर २ लाख ७४ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।