१२ चैत्र २०८१, मंगलवार
March 25, 2025 Tuesday

13.32°C

काठमाडौं

13.32°C

Kathmandu

Feels-like: 11.78

Wind: 1.14

Humidity: 41

Latest
विश्व समुदाय मिलेर कार्बन उत्सर्जन घटाउनुपर्छ : वनमन्त्री शाही कम स्रोतबाट धेरै नागरिक लाभान्वित हुने गरी काम गरौँ: उपप्रधानमन्त्री सिंह एक करोड बराबरको अवैध सामान बरामद खड्का गाउँमा भएको हत्याको घटनामा संलग्न रहेको अभियोगमा १६ जना पक्राउ बोआओ फोरममा चीनका लागि नेपाली राजदूत ओली सहभागी विश्व समुदाय मिलेर कार्बन उत्सर्जन घटाउनुपर्छ : वनमन्त्री शाही प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक शाक्यद्वारा शपथग्रहण हुलाकी राजमार्ग आयोजना समयमा नै सम्पन्न गर्नुपर्नेमा सांसदहरूको जोड राजसंस्था र हिन्दू राष्ट्रको समर्थन तथा संघीयताको विरोधमा हुने सबै आन्दोलनमा राप्रपाको समर्थन रहने नरैनापुरमा १७ घरगोठ जलेर नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशमा रिलिजबारे भ्रम छरिएको भन्दै ‘अञ्जिला’ टिमले निकाल्यो विज्ञप्ति, इच्छुकलाई सम्पर्क गर्न आग्रह



अ+ अ-

काठमाडौं । गत हप्ता रिलिज भएको नेपाली चलचित्र ‘अञ्जिला’ले नेपालमा अपूर्व सफलताको यात्रा तय गरिरहेको छ । पहिलो हप्तामै उच्च दर्शक आकर्षित गर्न सफल यो चलचित्र दोस्रो हप्तामा अझ व्यापक रूपमा प्रदर्शन भइरहेको छ । प्रारम्भमा १०५ शोबाट सुरु भएको प्रदर्शन हाल १७० भन्दा बढी शोमा विस्तार भइसकेको छ । दर्शकको अत्यधिक रुचि र सकारात्मक प्रतिक्रियाले गर्दा नेपालभर शो सङ्ख्या निरन्तर बढिरहेको हो ।

चलचित्रको सफलतासँगै विदेशबाट पनि यसको प्रदर्शनका लागि ठुलो माग आएको छ । यसैबीच, ‘अञ्जिला’को अन्तर्राष्ट्रिय प्रदर्शनबारे सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाइरहेको भन्दै निर्माताहरूले आधिकारिक स्पष्टीकरण जारी गरेका छन् ।

चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठ र निर्देशक मिलन चाम्स द्वारा जारी गरिएको प्रेस विज्ञप्ति अनुसार, हालसम्म जापान, कोरिया, क्यानडा, र हङकङ बाहेक अन्य कुनै पनि देशको वितरण तथा प्रदर्शन अधिकार बिक्री गरिएको छैन । सामाजिक सञ्जालमा विश्वव्यापी रूपमा चलचित्र रिलिज गर्न लागेको दाबी गरिरहेको पाइएको, जुन पूर्ण रूपमा भ्रामक र आधारहीन रहेको विज्ञप्तिमा उल्लेख छ ।

निर्माताहरूका अनुसार, अन्य देशहरूको लागि अब आधिकारिक रूपमा वितरण अधिकार दिन सुरु गरिएको छ । इच्छुक वितरक तथा प्रदर्शकहरूलाई आधिकारिक माध्यमबाट मात्र सम्पर्क गर्न अनुरोध गरिएको छ ।

नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित चलचित्र ‘अञ्जिला’लाई लिएर दर्शक तथा समीक्षकहरूले चलचित्रको कथा, प्रस्तुति, अभिनय, र निर्देशनलाई निकै सराहना गरिरहेका छन् । चलचित्र ‘अञ्जिला’ले कठिन पारिवारिक परिवेशबाट व्यावसायिक फुटबल खेलाडी बन्ने सपना बोकेर राजधानी छिरेकी एन्जिला तुम्बापो सुब्बाको प्रेरणादायी जीवनयात्रालाई जीवन्त रूपमा प्रस्तुत गरेको छ । यसमा एन्जिलाले राजधानी आउनुअघि र आएपछिको कठोर सङ्घर्षलाई मार्मिक ढङ्गले चित्रण गरिएको छ ।

मिलन चाम्सको निर्देशमा बनेको यो चलचित्रलाई प्रेमकुमार श्रेष्ठले निर्माण गरेका छन् । यस चलचित्रमा कलाकार समेत रहेका श्रेष्ठ एन्जिलाका ‘गड फादर’ हुन् । शीर्ष भूमिकामा एन्जिला आफैले अभिनय गरेकी छिन् । चलचित्रमा माओत्से गुरुङ र दयाहाङ राईले एञ्जिलाका बुबाको भूमिका निर्वाह गरेका छन् भने सिर्जना सुब्बाले आमाको भूमिका निभाएकी छन् । सुमिन गुरुङले दाजुको भूमिका, सुनिल थापाले कोचको भूमिका निभाएका छन् । साथै, यसमा बुद्धि तामाङ, विजय बराल, मञ्जु श्रेष्ठ लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।