१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आठ दिनपछि ओली-प्रचण्ड बालुवाटारमा, सहमति खोज्ने प्रयास



अ+ अ-

काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भैरहेको छ  । 

सत्ता र शक्ति संर्घषका कारण पार्टी भित्र चरम अन्तरकलह बढ्दै गएपछि दुई नेताबीच लामो समयदेखि एकल सम्बाद भएको थिएन । बुधबार मात्र पार्टी महासचिब विष्णु पौडेलले दुबै नेतासँग छुट्टाछुट्टै भेट गरेपछि आज बिहीबार दुई शीर्ष नेताहरु छलफलका लागि जुटेका हुन् । 

असार १० गतेबाट सुरु भएको स्थायी समितिको बैठकमा केही सदस्यहरुले अध्यक्ष  तथा प्रधानमन्त्रीबाट ओलीले राजीनामा दिनु पर्ने माग राखेपछि बैठक निरन्तर  स्थगित हुँदै आएको छ । झनै कोरोनाको संक्रमण बढेपछि बैठकलाई अनिश्चितकालसम्मका लागि स्थगित भएको छ ।  

आजको भेटमा दुई नेताबीच गतिरोध अत्यका बारेमा छलफल हुने जनाइएको छ । जसका लागि उपाध्यक्ष बामदेव गौतमले अघि सार्नु भएको ६ बुँदे प्रस्तावलाई आधार बनाउने विषयमा छलफल हुने स्राेतले जनाएको छ । 

प्रस्तावमा उल्लेख भए अनुसारको सम्पूर्ण कार्यकारी अधिकार सहितको अधिकार अध्यक्ष दाहाललाई  दिने विषयलाई सम्पूर्ण शब्द हटाई कार्यकारी अधिकार सहितको अध्यक्षको जिम्मेवारी, दुई मुख्यमन्त्रीको हेरफेर, मन्त्रीमण्डल पुनर्गठन लगायतका विषयमा सहमति खोज्ने कसरत भै रहेको छ । 

प्रधानमन्त्री ओलीले आफूबिरुद्ध ४ नेताले गरेको पत्रकार अन्तरक्रिया प्रति गम्भीर असहमति जनाएपछि अन्य नेताले त्यस विषयलाई खासै चर्काउन नचाहेको तथा केही विषयमा कमजोरी भएको स्वीकार गरेपछि पुनः वार्ताको वातावरण बनेको  हाे । बुधबार मात्र प्रधानमन्त्री ओलीले ५ दिन भित्र सकारात्मक रुपमा निकास निस्कने बताउनु भएको थियो ।